रास्वपाद्वारा नेपाली खो–खो टोलीलाई सम्मान
काठमाडाैं | माघ ९, २०८१

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ ।
भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो ।
रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद ९डिपी०अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि पार्टी सधैँ प्रतिबद्ध रहने बताउनुभयो ।
कार्यक्रममा उपसभापति डा स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।
उहाँहरुले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकामा खेलाडीलाई बधाई दिनुभयो ।
काठमाडौं: रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ । औषधि व्यवस्था विभागमा महासङ्घ र...
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।  ...
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ...