दलित एकता संजाल र स्वयंसेवी रक्तदाता समाजको रक्तदानमा २५ युनिट संकलन
पाेखरा | कात्तिक १६, २०८२
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका –१०, रामघाटस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राङ्गणमा आइतबार आयोजित रक्तदानबाट २५ युनिट संकलन भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल सुनचाँदी, रत्न तथा आभुषण व्यवसायी महासँघका केन्द्रीय अध्यक्ष किसान सुनारले पहिलो रक्तदाता अमित पौडेललाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि सुनारले रक्तदान जस्तो महान कार्य गर्न जो कोही पछि हट्न नहुने धारणा राखे ।
रक्तदानको एक एक थोपाको महत्व हुने बताउँदै उनले कसैको जीवन बचाउन रक्तदाताहरुको अतुलनीय योगदान रहने उल्लेख गरेका थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य ढकाल, विश्वकर्मा समाज नेपालका अध्यक्ष रन बहादुर बिक, मिझार समाज गण्डकीका अध्यक्ष शालिकराम नेपाली, परियार सेवा समाज कास्कीका उपाध्यक्ष ज्ञानु परियार, ट्याक्सी सेवा केन्द्रका अध्यक्ष हरिराज आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
दलित एकता संजाल नेपाल, कतारका अध्यक्ष प्रकाश विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, हिरामणी भुषालले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो ।


ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

