विन्ध्येश्वरी आदर्श स्कुलमा बुद्धिचाल प्रतियोगिता सम्पन्न
पाेखरा | फागुन २, २०८१

पोखरा: पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा २ – ८ सम्म खुल्ला चेस प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा जुनियर आधारभूत तहमा कक्षा ३ का अंकित मन्ना प्रथम कक्षा ५ का सिद्धान्त के.सी. द्धितिय भए ।
यस्तै सिनियर आधारभूत तहमा छात्रतर्फ कक्षा ६ का आदित्य लम्साल प्रथम र कक्षा ७ का असिम अधिकारी द्वितीय भए । यस्तै छात्रातर्फ कक्षा ७ की प्रिस्टिना रसाइली प्रथम र सोही कक्षाकी अंकिता पौडेल द्धितिय भईन् ।
प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रह...
पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि ...
भक्तपुर: भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। ...