पाल्पाको रम्भाका १४ घरमा सामुदायिक हाेमस्टे सञ्चालन
पाल्पा | फागुन ४, २०८१
पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।
पर्यटकको आवागमन बढाउन र पर्यटन विस्तारका गर्दै १४ घर परिवारले पुरानै घरका कोठालाई व्यवस्थापन गरेर घरवास सञ्चालनमा ल्याएका हुन् ।
सामुदायिक घरवासमा ती घर परिवारका सदस्य आबद्ध रहेको घरवास सञ्चालक समिति अध्यक्ष देउकुमारी सारूले जानकारी दिए ।
उनका अनुसार यहाँ आउने पर्यटकलाई प्रतिव्यक्ति रु एक हजारको प्याकेजको व्यवस्था मिलाइएको छ ।
स्थानीय कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ ।
स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिँडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटी लगायका परिकारको स्वाद लिन पाइनेछ ।
पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रे लगायत स्थानीय कला संस्कृति पर्यटकलाई देखाइनेछ ।
यस क्षेत्रमा ९० बढी मगर समुदायको बसोबास रहेको छ । घरवास सञ्चालनका लागि गाउँपालिकाले स्थानीयलाई तालिम दिएपछि यहाँ औपचारिक रुपमा घरवास थालनी गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
घरवास सञ्चालनमा आएपछि स्थानीयलाई रोजगार सिर्जना, धेरै पर्यटक भित्रिने र यहाँको कला संस्कृतिको जगेर्ना गर्न ठूलो टेवा पुग्नुका साथै स्थानीयको आयआर्जन उकासिने अध्यक्ष भण्डारीले बताए ।
समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा रहेको छ ।
रानीबास गाउँको बीचमा रहेको चुर्की थानबाट उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमाल र हिमश्रृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ झामे्र नाच, मारुनी नाचका साथै सालैजो लगायतका कला संस्कृति छन् ।
यहाँ विगत ३ वर्ष देखि निर्माणाधिन आदिवासी जनजाति सङ्ग्रहालयको निर्माण गरी मगर समुदायको भेषभूषा, ऐतिहासिक माटो र काठले बनेका भाडाहरु, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचीन सामान राखिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

