तोलामा २ हजार ७ सयले घट्यो सुनको मूल्य

काठमाडाैं | फागुन ४, २०८१

तोलामा २ हजार ७ सयले घट्यो सुनको मूल्य

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो । 


गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।


अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।    आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रह...

थप पढ्नुहोस्

पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ ।    एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि​ ...

थप पढ्नुहोस्

भक्तपुर:   भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्।   प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्।   ...

थप पढ्नुहोस्