नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल
गोरखा | बैशाख ८, २०८२

गाेरखा: नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । सातौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा विकास मरहट्टा, सचिवमा सुजन न्यौपाने, कोषाध्यक्षमा गुणबहादुर रोका, सहसचिवमा मोहसिन अलिमियाँ र दानबहादुर गुरुङ चयन भए ।
सदस्यहरुमा आदिवासी जनजातितर्फ बिबर गुरुङ, समावेशीमा संगीता चेपाङ चयन भए ।
खुला सदस्यहरुमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदीप श्रेष्ठ चयन भएका निर्वाचन समिति संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।
सदस्यता विवादका कारण देशभर निर्वाचन भएपनि गोरखामा स्थगीत भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम ...
पोखरा: कास्कीको मादी गाउँपालिका–१ खिलाङमा गएराति पहिरो जाँदा डुमप्रसाद गुरुङको गोठसँगै २ वटा भैसी पुरिएको छ । बिहीबार रातिकोे अविरल वर्षासँगै आएको पहिरोले गुरुङको गोठसँगै दुईवट...
बलेवा: बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षाया...