गुरुङ गहना घरकी सञ्चालिका सिमा गुरुङ व्यवसायसँगै समाजसेवामा
जन्मदिनको अवसरमा खुल्ला रक्तदान, ११४ युनिट रगत संकलन
पाेखरा | साउन २५, २०८२
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरुङ गहना घरकी सञ्चालिका गुरुङले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकी थिईन् ।
गुरुङले आफ्नो जन्मदिनको अवसरमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय १४ जनाले रक्तदान गरेका थिए ।

रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ । ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका लेखक गुरुङलाई नगद रु २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
उनलाई प्रदेश सांसदहरु पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घर प्रालिका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सञ्चारकर्मी बालकासी गुरुङ लगायतले नगद, कदरपत्र, दोसल्ला प्रदान गरेका हुन् ।
कार्यक्रममा सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् ।
आर्थिक अप्ठ्याराहरुका बाबजुद पनि अर्थ बजारमा योगदान दिन र आत्मनिर्भर बन्नका लागि सुनचाँदी व्यवसायमा लागेको बताउँदै त्यसमा अहिले सरकारले विलासिता कर र मुल्य अभिवृद्धि कर लगाएपछि मारमा परेको उल्लेख गरिन् ।
उनले विलासिताको नाममा थपिएको करले व्यवसायी र ग्राहक दुवैलाई नकारात्मक असर पारेको बताउँदै आफूहरु विलासीता करको विरोधमा रहेको बताईन् ।
प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा विस्तार गर्न लागेको बताए । नयाँ शाखाको असोज ६ गते घटस्थापनाको दिन शुभारम्भ गरिने जनाउँदै सो दिन सहभागी भैदिन आग्रह गरे । युवाहरुको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसहित व्यवसाय सम्हाल्दै आएको बताए ।
काठमाडौं: नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो । उपत्यक...
काठमाडौं: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर ...
ढोरपाटन: घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले ...

