झापामा एक व्यक्तिको हत्या
झापा | भदौ २६, २०८२
सांकेतिक तस्वीर
झापा: झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदले भेटेपछि ज्ञवालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । मोहमदको हत्या गरेपछि ज्ञवालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

