सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत
काठमाडाैं | असोज ६, २०८२
काठमाडौं: श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘बी’को अन्तिम खेलमा सामेबार भारतले पाकिस्तानलाई ३–२ गोलले हरायो । भारतले जितसाँगै सेमिफाइनलमा नेपालको भेट तय भएको हो ।
भारतलाई जिताउन डल्लामलुओन गाङ्टे, गुनलेइबा वाङखेरकपाम र रहन अहमदले गोल गर्नुभयो । पाकिस्तानका महोम्मद अब्दुल्हा र हम्जा यासिरले गोल गर्नुभयो ।
नेपालले समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारत समूह ‘बी’को विजेता बन्यो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

