पर्यटनको विकास र सुरक्षाका लागि होटल संघले बनायो तीन दर्जन उपसमिति
पाेखरा | असोज २३, २०८२
पोखरा: पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ ।
विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरुलाई लक्षित गरी तोकिएका संयोजकहरुले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरु तोकेर उपसमिति बनाउने छन् ।
उल्लेखित स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो । संघको कार्यालय डिहिको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले उल्लेखित संयोजकहरु तोकेको संघले जनाएको छ ।
जेन–जी विद्रोहपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलबासीको सुरक्षाको लागि संयोजकहरु तोकेर अगाडि बढिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
‘पर्यटन क्षेत्रमा चोरीका घटनापनि फाट्टफुट्ट देखिन थाले,’ ‘अध्यक्ष सुवेदीले भने, हाम्रो अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्वन्धित छ ।’ व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिन समेत आफूहरु एकजुट भएको अध्यक्ष सुवेदीले बताए ।
सबै होटल र टोलका सीसीटीभी क्यामेरा चालु अवस्थामा राख्ने, विग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक वत्तीको मर्मतसंभार गर्ने र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्न समेत तोकिएका संयोजक र उपसमितिले सघाउने संघले जनाएको छ ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

