आगामी निर्वाचनमा भाग लिन नयाँ मतदातालाई प्रधानमन्त्रीको आग्रह
काठमाडाैं | कात्तिक २१, २०८२
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ।
शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नागरिकको विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन मतदाता परिचयपत्र भएको भन्दै उहाँले मतदातापत्र बनाएर चुनावमा भाग लिन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

