एनपीएलमा अनलाइनमार्फत् सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ
काठमाडाैं | मंसिर ७, २०८२
काठमाडौं: क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपिएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितमा अनलाइनमार्फत सट्टाबाजी कार्यमा सङ्लग्न आठ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार मङ्सिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एनपिएलको क्रिकेट प्रतियोगितमा सहभागी भइ अनलाइनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने आठ जना काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बल्खुबाट नियन्त्रणमा लिइएको हो ।
स्थायी ठेगाना भारतको आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ भइ हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्दै आएका वर्ष ३१ को राजा यदुला, वर्ष ३५ को महेश बाबु, वर्ष ३० को पण्डित श्रीनिवासुलु, वर्ष २० को सेख सोयब, वर्ष ३० को नभिन मड्डेला, वर्ष ३२ को महमद रफी सेख, वर्ष १९ को साई कुमार तम्मिसेट्टी र वर्ष २८ को सेख चन्द बसल पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले निजको साथमा मोबाइल – १५ थान फेला पारेको छ ।
उनीहरुलाई मुलुकी अपराधसहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।
म्याग्दी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

