सिक्लेसमा माघी मेला: छेलो प्रतियोगितामा पर्वतका मिलन विजयी
पाेखरा | माघ २, २०८२
पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् ।
माघी मेलाको अवसरमा सभा युला सभाथर परिवारको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनारले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। विजेताले सुनारले रु ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, रोहित सुनारले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उपविजेता भएका उनले ४० हजार नगद पुरस्कार प्राप्त गरे ।
आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।
परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई...

