विश्वकपको ग्लोवल छनोटमा पुग्न नेपाललाई यूएईले दियो ३११ रनको विशाल लक्ष्य
काठमाडाैं | चैत २, २०७९

काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो।
यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।
त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।
नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए।
सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए।
आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।
भारतको मणिपुर राज्यको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमवार फेरि हिंसा भड्किएको छ । दुई वटा सशस्त्र समूहको बीचमा भएको गोलीबारीमा तीन जनाको ज्यान गएको र अन्य चार जना घाइते भएका छन् । समा...
काठमाण्डौ: सुनचाँदीको भाउ आज मङ्गलबार बढेको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको हो र हिजो सोमवार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज...
काठमाडौं: राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका छन् । अध्यक्ष तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका...