मन्त्रीद्वारा नतिजामुखी काममा लाग्न कर्मचारीलाई निर्देशन

काठमाडाैं | भदौ २२, २०८०

मन्त्रीद्वारा नतिजामुखी काममा लाग्न कर्मचारीलाई निर्देशन फाइल तस्बिर

काठमाडौँ: सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिनुभएको छ । 

 

बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो ।  

 

निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका, प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन, राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताउनुभयो । 

 

सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भइसकेकाले हाल सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय निजामती सेवा विधेयकलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

 

सो ऐन संसदबाट पारित भई छिट्टै लागू हुने मन्त्री देवीको भनाइ थियो । उक्त ऐन लागू भइसकेपछि सङ्घीय निजामती मात्रै नभई प्रदेश र स्थानीय तहसम्मका धेरै अन्योल अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले ऐन पारित गर्न सबैसँग सहयोगको अपेक्षा गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीले इममान्दारिता, प्रतिबद्धता, जनमुखी प्रशासनमार्फत मुलुकको समृद्धि र शुसासन हासिल गर्दै देश र जनतालाई सेवा गर्न निर्देशन दिनुभयो ।

 

‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशैभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ । रासस

पोखरा:   ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तीव्र पारिएको छ ।  अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना त...

थप पढ्नुहोस्

पोखरा:   व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आजदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ ।      लुम्लेस्थित कृषि अनुन्...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको बैठकमा उनले लिएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शुन्य मत परेको...

थप पढ्नुहोस्