पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।   धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी  ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो।   कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले स्वरेक कोट आफ्नो माइती गाउँसँग जोडिएको स्थान भएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। प्रदेशको सीमित बजेटका हुने भन्दै केन्द्र सरकारसँग पहल गर्न तयार रहेको पनि बताइन्।   भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायराम खनाल ले स्थानीयवासीको सक्रियतामा उल्लेखनीय आर्थिक संकलन भई भौतिक संरचना निर्माण सम्भव भएको बताए। उनले स्वरेक कोटमा नियमित पूजा सञ्चालनको आवश्यकता औंल्याउँदै त्यसका लागि सवै लाग्नुपर्ने धारणा राखे।   भीरकोट वडा नं. ५ का अध्यक्ष कृष्ण बहादुर थापा ले आगामी बजेटमार्फत क्षेत्रको विकासमा सहयोग गर्ने जनाउँदै स्वरेकलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए।   कार्यक्रममा निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, समाजसेवी यामलाल शर्मा पंगेनी, इश्वर सेन ठकुरी लगायतले स्वरेक कोटको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।   मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनका अनुसार सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानबाट २३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको थियो। सोही रकममध्ये करिब १३ लाख रुपैयाँको लागतमा दुई घण्टी ( १२६ किलो र ३० किलो) तथा  त्रिशुत स्तम्भ , सहयोगीहरुको शिलालेखमा नाम सहित अन्य भौतिक संरचना निर्माण गरिएको हो।   अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्थानीय कमल सेनलाई विशेष सम्मान गरिएको छ भने आर्थिक सहयोग गर्ने २५६ जना दातालाई पनि सम्मानपत्र प्रदान गरिएको समितिका कोषाध्यक्ष कमला सेनले जानकारी दिइन्।   कार्यक्रममा पत्रकार घनश्याम पाण्डेले स्वरेक धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि पूर्वाधार विकासमा अझै पछि परेको टिप्पणी गरे। नेपालमै पहिलो प्याराग्लाइडिङ विश्वकप आयोजना भएको स्वरेक मैदानसम्म पुग्ने सडक कालोपत्र नहुनु र कोटसम्मको पहुँचमार्ग स्तरोन्नति नहुनु विकासका प्रमुख चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे। स्थानीय समुदायको सक्रियतासँगै स्वरेक कोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।   गनेस पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको सिलिन्डर लिक भएपछि आगलागी भएको हो ।   भीषण आगलागी भएपछि किचन, डाइनिङ, स्टोर र ९ वटा बेडरुम जलेर पूर्ण नष्ट भएको उनले बताए ।     यस्तै आगलागीबाट पर्यटकका ५ वटा आइफोन र १ वटा डिएसएलआर र लत्ताकपडा जलेका छन् ।    उनका अनुसार मानवीय क्षति भने भएको छ ।    हाल अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) मा आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।  

पोखरा:  आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ ।   यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको हाे ।   पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।   पोखरामा आयोजना हुन लागेको २१ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका वासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको उनले बताए ।   होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सघाएका छन् ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो शहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।   पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याई उनीहरुको बसाई अवधि लम्ब्याएर बसाईलाई थप रमाइलो र उल्लासपूर्ण बनाउन फेवा नव बर्ष महोत्सव सहयोगी हुने पनि उनले बताए ।   पोखरा पुग्न चाहने पर्यटकलाई यहाँ निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले थप सहजता थपेको पनि लामिछानेले स्मरण गराए ।   आन्तरिक पर्यटन प्रबद्र्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ बर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिएको जनाइएको छ ।   हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखराविच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्धेश्य पनि अभियानले लिएको छ ।   यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती शहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा संचालनका लागि समेत संघले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ ।   पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार बिस्तारा रहेको र तिनमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघको आँकलन छ ।   नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्धेश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २१ औं फेवा नव बर्ष महोत्सव आयोजना गर्दै छ । उक्त महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका बासिन्दालाई संघले निमन्त्रणा प्रदान गर्ने छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।   कागबेनीमा पुगेका तिर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदानमा सहज व्यवस्थापन गरिएको कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनवीर किसानले बताए ।     तिर्थालुलाई त्रिवेणीधाममा सहज रूपमा पूजाआजाका लागि प्रहरी चौकी कागबेनी, मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्राम, स्थानीय आमा समुह, यूवा क्लब सहित सङ्घसंस्थाले समेत सघाइरहेका छन्।

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ ।   अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।   दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ ।   शनिबार सम्पन्न मतगणनामा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याउँदै केसी विजयी हुनुभएको हो ।   नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पछि पार्दै रास्वपाका केसीले जित निकाल्नुभएको हो ।   निर्वाचनमा खसेको कुल ७५ हजार ४६० मतमध्ये ३३ हजार ८९८ मत प्राप्त गर्दै केसीले प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको हो ।   केसीले ३३ हजार ८९८ मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार गुरुङले १६ हजार ८७६ मत र नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५९६ मत प्राप्त गर्नुभयो ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरि जङ्ग तामाङले ३ हजार ३७१ मत पाउनुभयो । देशभर रास्वपाको लहर चल्दा लमजुङमा बलियो सङ्गठन रहेका एमाले र कांग्रेसका उम्मेदवारहरूको संसद् यात्रामा ‘ब्रेक’ लाग्न पुगेको छ ।   २०७९ को निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएको थियो ।   पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७८१ मतमा सीमित हुनुभएको थियो । त्यतिबेला मतान्तर ३ हजार १८८ थियो ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ मतान्तरले हराउँदै विजय हासिल गरेकी हुन्।   विजयी गुरुङले ३१ हजार १ सय १२ मत प्राप्त गरिन् भने पराजित मनोज गुरुङले ११ हजार २ सय ५७ मत प्राप्त गरे। उनले दोब्बरभन्दा बढी मतको अग्रता बनाएकी हुन्।   नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ६ हजार ७ सय ५ मत प्राप्त गरे।   त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार २ सय ६४, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार १ सय ७९, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५ सय ३३ र उज्यालो नेपाल पार्टीका तर्क बहादुर गुरुङले ४ सय १० मत प्राप्त गरे।