नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।    १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उद्घाटन सुरु भएको छ । कीर्तिपुरमा उद्घाटन खेल चलिरहँदा धनगढीमा पनि उत्सव देखिएको छ ।   आफ्नो प्रदेशको टिमको समर्थनमा डिजिटल डिस्प्लेमा हेर्ने क्रीकेटप्रेमीको भीड देखिएको छ ।  तस्बिरहरु:-              

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।    क्लबका अध्यक्ष दुर्गा बहादुर बरालले खेल कात्तिक ९ गतेदेखि सुरु हुने जानकारी दिए ।     उनका अनुसार कानुङ प्राविको खेलमैदानमा हुने सो प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद रु ४० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।     यस्तै द्वितीय हुनेले नगद रु ३० हजार, तृतीय हुनेले नगद रु १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ७ हजार हात पार्नेछ ।   टिम दर्ता भने ४ हजार रुपैयाँ निर्धारण गरिएको अध्यक्ष बरालले बताए ।    यस्तै महिलातर्फ प्रथम हुने टोलीलाई नगद रु १३ हजार, द्वितीय हुनेलाई ९ हजार र तृतीयलाई ६ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक मदन बरालले जानकारी दिए ।   उनका अनुसर टिम दर्ता शुल्क ७ सय ५५ रुपैयाँ तोकिएको छ ।   प्रतियोगितामा सहभागी जनाउनका लागि कात्तिक ७ र ८ गते भित्र टिम दर्ता गरिसक्नुपर्ने  आयोजकले जनाएको छ । 

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।   प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहनेछ ।   प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्  ।    प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा ।    विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ ।   पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा हरिनास गाउँपालिकालाई हराउँदै गल्याङले उपाधि जितेको हो ।   प्रतियोगिताबाट शुक्लागण्डकी–१२ ले सान्त्वना स्थान हाँसिल गर्याे । उपाधि जितेको गल्याङले नगद १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने उपविजेता बनेको हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ तथा सान्त्वना स्थान हाँसिल गरेको शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गल्याङका उमेश सेन्चुरी पुरस्कृत भएको खेलकुद संयोजक पीताम्बर सुनारले जानकारी दिए ।   उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा हरिनास गाउँपालिका–६ का सुनील मानन्धर, बेस्ट ब्लकरका रुपमा हरिनास गाउँपालिकाकै सञ्जित मानन्धर, बेस्ट डिफेन्डरका रुपमा गल्याङका सुशील विश्वकर्मा र बेस्ट सर्भरका रुपमा शुक्लागण्डकी–१२ का विशाल ठाकुरी उत्कृष्ट कोचमा गल्याङका श्याम विश्वकर्मा घोषित हुँदै जनही २ हजार रुपैयाँ प्राप्त गरे ।   समापन समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विश्वकर्मा समाज केवल एउटा समुदायको नाम नभई श्रम र सीपबाट सिर्जित पहिचान भएको धारणा राखिन् ।   समाज निर्माणमा महत्वपूर्ण योगदान दिने सीपयुक्त हातहरूको सम्मान गर्नुपर्ने उनले बताइन् ।   गौतमले भलिबल प्रतियोगिता केवल जित र हारको प्रतिस्पर्धा मात्र नभई युवाहरूलाई जोड्ने माध्यम, प्रतिभा उजागर गर्ने अवसर तथा अनुशासन र सहकार्य सिकाउन मद्दत पुग्ने उल्लेख गरिन् ।   आयोजक संस्थाका अध्यक्ष बेलबहादुर विश्वकर्माले नवौं संस्करणको प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण रहेपनि प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन समाजका सबै तहबाट सहयोग भएकै कारण सफल भएको बताए ।   उनले युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई पेनाल्टी सुटाउटमा ३–२ गोल अन्तरले हराउँदै एन डलर एफसी च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेसँगै एन डलर एफसीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको मित्रबन्धुले नगद रु २५ हजार, मेडल तथा प्रमाणपत्र हात पार्याे । प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा दिवस गुरुङ र उत्कृष्ट गोलरक्षकका रुपमा मुमिन तामाङ पुरस्कृत भए ।   विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका शैक्षिक तथा सामाजिक अभियन्ता दर्शन लामा, पुरस्कारदाता लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै लामाले युवाहरुलाई एकताको मालामा खेलकुदको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।   उनले उदीयमान खेलाडीहरुका लागि यस्ता प्रकारका प्रतियोगिता फलदायी हुने बताउँदै आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिए । स्वाधिनताले आयोजना गरेको सो प्रतियोगितामा कुल ३३ टिमको सहभागिता रहेको थियो ।  

बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।   एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ। शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ।   अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन्। ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन्।   त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन्। जसमा उनले दुई हजार ५५१ रन बनाएका छन्।   उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन्। आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन्।   उनले बंगलादेश प्रिमियर लिगसँगै श्रीलंका प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगलगायत सबैजसो चर्चित अन्तर्राष्ट्रिय लिगबाट खेलिसकेका छन्।

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार एक अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेका जानकारी दिएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो ।   गत वैशाख ३१ गते पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको थियो । सह–प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए।   कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ ।   खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्रयाक सेट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यवसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।   कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको विकाससँगै खेलकुद पत्रकारिताको शैलीमा पनि सुधार ल्याउनुपर्नेमा उनको जोड थियो ।   उनले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै पोखरा स्पोट्र्स अवार्डले देशभर बेग्लै पहिचान बनाउन सफल भएको बताए ।   ‘विगतका समयमा भएका गल्ती र कमजोरीहरूलाई सुधारेर अझ व्यवस्थित रूपमा अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘काठमाडौंमा मात्र भव्य कार्यक्रम हुन्छन् भन्ने भ्रमलाई पोखरा स्पोट्र्स अवार्डले चिर्न सफल भएको छ र देशकै प्रतिष्ठित अवार्डको रूपमा यसले आफ्नो स्थान सुरक्षित गरेको छ ।’ आगामी वर्ष मञ्चको अधिवेशनको वर्ष समेत रहेकाले नयाँ नेतृत्वले अझै रचनात्मक र सिर्जनात्मक रूपमा संस्थालाई अगाडि बढाउने विश्वास उनले व्यक्त गरे ।   नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पत्रकारिता क्षेत्रमा हुने अवार्ड कार्यक्रमलाई पोखराको विशिष्ट पहिचान वा ‘ब्राण्ड’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । अवार्डलाई थप भव्य र व्यवस्थित बनाउन सबै पक्षबीचको सहकार्य र एकता आवश्यक रहेको उनले उल्लेख गरे । उनले भने, ‘यसलाई पोखराको एउटा ब्राण्ड कार्यक्रम बनाउनका लागि तपाईं हामी सबैको सहकार्य र एकताको हिसाबले अगाडि बढ्नुपर्छ ।’   मञ्चका पूर्वअध्यक्ष केशव पाठकले पोखरा स्पोट्र्स अवार्डको सफलता र यसको गरिमालाई अझ उच्च बनाउन संस्थागत पारदर्शिता र नियमित समीक्षा अनिवार्य रहेको बताए । पाठकले कुनै पनि ठूला आयोजना वा कार्यक्रमको वास्तविक सफलता त्यसको आर्थिक पारदर्शितामा निर्भर रहने उल्लेख गरे । उनले मञ्चले हरेक वर्ष अवार्ड सम्पन्न भएपछि सार्वजनिक रूपमै आम्दानी र खर्चको फेहरिस्त पेश गर्ने परम्परा बसालेर सुशासन र जवाफदेहिताको एउटा नमूना पेश गरेको बताए ।   आर्थिक पाटो स्पष्ट र पारदर्शी हुँदा दाता, प्रायोजक र शुभेच्छुकहरूको संस्थाप्रतिको विश्वास थप प्रगाढ हुने पूर्वअध्यक्ष पाठकले बताए । अवार्ड भव्य र सभ्य रूपमा सम्पन्न भए तापनि केही प्राविधिक र व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी दिनको खाका तयार गर्नुपर्ने उनको सुझाव थियो ।   मञ्च गण्डकीका पूर्व अध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्दै आएको स्पोट्र्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए । अवार्डको १०औँ संस्करणसम्म आइपुग्दा यसले ठूलो आर्थिक कारोबार र प्रभाव जमाउन सफल भएको उल्लेख गर्दै गिरीले आगामी दिनमा यसको गरिमालाई अझ उचाइमा पु¥याउनुपर्ने धारणा राखे ।   अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले यसको गरिमा र भविष्यबारे आफ्ना धारणा राखे । उनले झण्डै ५ लाख रुपैयाँको न्यून बजेटबाट सुरु गरिएको यो अभियान अहिले ३५ लाख रुपैयाँ संकलन र परिचालन गर्न सक्ने हैसियतमा पुग्नु गौरवको विषय भएको बताए ।   अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको यो कार्यक्रमले अहिले एउटा स्थापित ब्रान्डको रूप लिएको उनको भनाइ थियो । उनले भने, ‘बचत भएको रकम फ्रिज गरेर मात्र राख्नु हुँदैन, यसलाई खेलकुद पत्रकारहरूको व्यावसायिकता र विश्लेषणात्मक समाचार लेख्ने क्षमता बढाउन लगानी गर्नुपर्छ ।’

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठमाडौं रेड्सको सुनिल बोहरा छन् ।   त्यस्तै खप्तड फाल्कन्सका धिरोज काजी बस्नेत, मधेश वारियर्सको रविन नगरकोटी र सगरमाथा स्म्यासर्सको हरि हजुर थापा मार्की खेलाडी छानिएका छन् ।    खप्तड फाल्कन्सका धिरोजबाहेक ५ मार्की  राष्ट्रिय टोलीका सदस्य हुन् । धिरोज  यु-१९ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।    नेपाल भलिबल संघको संरक्षकत्वमा केडिया ग्रुपले एनभिएल आयोजना गर्न लागेको हो। लिगमा ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगको भदौमा हुने भनिएको छ।

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा क्लब राखु म्याग्दीको आयोजनामा आगामी साउन २ गतेदेखि पोखरा रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।   ‘सामाजिक चेतना, अनुशासन गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान’ भन्ने मूल नारासहित स्थापित क्लबले म्याग्दी बाहिर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।   सो प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद ४२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमलाई नगद २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सुलभ मल्ले जानकारी दिए ।   उनका अनुसार महिलातर्फ विजेता तथा उपविजेता हुने टिमले क्रमश नगद २५ हजार २ सय २२ रुपैयाँ र १५ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।   प्रतियोगितामा तनहुँ, कास्की, म्याग्दी, काठमाडौँ र पर्वत लगायतका खेलाडीहरुको सहभागिता छ भने पुरुषतर्फ १५ र महिलातर्फ ५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।