प्रधानमन्त्री प्रचण्ड र अमिरबीच भेटवार्ता, आजै स्वदेश फर्कने
काठमाडाैं | बैशाख १२, २०८१
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ ।
होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मङ्गलबार काठमाडौँ आइपुग्नुभएका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले जानकारी दिए ।
आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।
कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका ...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण...
काठमाडौंः उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार ...