काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडाैं | बैशाख २३, २०८१

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौं:   जापानकी विदेशमन्त्री योको खामिखावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल आइपुगेकी हुन् ।

 

उनलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ठ कक्षामा परराष्ट्र सचिव सेवा लम्सालसहितले स्वागत गर्नुभएको थियो।


परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता हुनेछ । वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ ।


यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसपछि नेपाल आएकी योको चौथो विदेशमन्त्री हुन् ।

 

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्

काठमाडौं:    गृह मन्त्रालयले नेपाल प्रहरीका चार  एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।  शुक्रवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएस...

थप पढ्नुहोस्

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्