कास्कीको मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाउने पौडेल प्रकाउ

पाेखरा | बैशाख २३, २०८१

कास्कीको मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाउने पौडेल प्रकाउ

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चे स्थित मराम्चे सामुदायिक जंगलमा आगो लगाउने अगन्दर पौडेललाई प्रहरीले प्रकाउ गरेको छ । 


अन्नपूर्ण गाउँपालिका–३ मराम्चे स्थित मराम्चे सामुदायिक जंगलमा शुक्रबार आगलागी भएको सूचनापछि आगलागी नियन्त्रणका लागि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलिले जंगलमा आगो लगाउने ३९ वर्षीय अगन्दर पौडेललाई प्रकाउ गरेको हो । 


प्रकाउ परेका पौडेलले आफ्नै पाखोबारीमा सुकेका घसेटामा लगाएको आगो अनियन्त्रित भएर सामुदायिक जंगलमा फैलिएको प्रारम्भिक अनुसन्धानमा बताएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको छ । 
 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्