मनाङ मर्स्याङ्दीको प्रशिक्षकमा पोखरेली गुरुङ

पाेखरा | बैशाख २२, २०८०

मनाङ मर्स्याङ्दीको प्रशिक्षकमा पोखरेली गुरुङ

पोखरा:   मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा पोखरेली विष्णु गुरुङ नियुक्त भएका छन् ।  गुरुङ हाल जारीसहित दुई सिजनका लागि क्लबको प्रशिक्षकमा बिहीबार अनुबन्धित भएका हुन् ।

 

हिजो (बिहीबार) क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङले औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरे । 

 

सहिद स्मारक ए डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि यसअघिका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए । 

 

अब मनाङ मर्स्याङ्दी  क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेका गुरुङ अन्य विभिन्न ए डिभिजन क्लबहरुमासमेत प्रशिक्षणको काम गरिसकेका छन् । 

 

मनाङको नयाँ प्रशिक्षकका रुपमा नियुक्त भएपछि खेल सुध्रर्ने आशा गरिएको क्लबले जनाएको छ । 

 

जारी लिगको १३ राउन्डको खेल सकिदा मनाङ पछिल्ला ६ खेलमा पराजित भएको थियो । लिगमा मनाङको यो अहिलेसम्मकै खराब प्रदर्शन हो ।
 

 

लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ लगातार ६ खेलमा पराजित हुने क्रममा चर्च ब्वाइज, नेपाल पुलिस, खुमलटार, त्रिभुवन आर्मी, जावलाखेल र सातदोबाटोसँग पराजित भएको थियो ।

पोखरा:   कास्की प्रहरीले पोखरा महानगरपालिका ७ रत्नचोकस्थित अर्जुन कुमार श्रेष्ठको घरबाट ६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा अर्जुन कुमार श्रेष्ठसँगै सोही स्थानकै शिव बहादुर बिक, बसन्त ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको ब...

थप पढ्नुहोस्

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत ...

थप पढ्नुहोस्