पोखरा:  परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं। २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक ...

पोखरा:    घर नजिकको सरकार भएपछि पहिलो समस्या सुनाउने ठाउँ स्थानीय सरकार हुनु स्वभाविक हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स–साना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था गरिदिएको छ ।  न्यायिक निरुपण सहज र सर्वसाधारणको समेत पहुँचमा पु¥याउने संवैधानिक व्यवस्था भए अनुसार अहिले न्यायिक समितिले पालिकामा काम गरिरहेका छन् । न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै यसको वृहत पाटोबारे जानकारी दिने उद्देश्यले पोखरा महानगर न्यायिक समितिले अहिले महानगर भित्रका विद्यालयमा ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण तथा अन्र्तक्रिया’ कार्यक्रम गरिरहेको छ ।  प्रेस क्लब गण्डकीसँगको सहकार्यमा भइरहेको विद्यालय स्तरिय ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण तथा अन्र्तक्रिया’ बिहीवार पोखरा–५ स्थित ‘बाराही माध्यमिक विद्यालयका विद्यार्थीसँग गरिएको छ ।  पोखरा महानगर उप-प्रमुख एवम न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानूनले व्यवहारलाई नियमबद्ध पार्न सघाउने हुनाले कानून सबैले जान्नुपर्ने विषय रहेको बताइन् । ‘कानूनले मान्छेको आचरण, बोलीचालीमा नियन्त्रण गर्छ । जसले गर्दा सद्भावपूर्ण समाजको निर्माण हुन्छ । शान्ति, सद्भाव फैलिन्छ,’ उनले भनिन्, ‘विकास निर्माणका काम गर्न पनि सहज हुन्छ ।’  गुरुङले कसैलाई पनि अन्याय हुन नहुने बताइन् । न्यायमा सबैको समान पहुँचका लागि पनि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको उनको भनाइ थियो । तर, न्यायमा सबैको समान पहुँच पुग्नुपर्ने भए पनि कानून निर्मम हुने उनले सुनाइन् । कानूनले धनी, गरिब कसैलाई पनि भेद्भाव नगर्ने भएकाले कानूनको अघि जुनकुनै अपराध क्षम्य नहुने उनले बताइन् । कानूनबाट कोही पनि उम्किन नपाउने भएकाले सबैले कानूनबारे जानकार हुनुपर्ने उनले सुनाइन् । विद्यार्थीले अन्य विषयको ज्ञानसँगै कानूनको ज्ञान पनि लिन जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा उपस्थित पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले न्यायिक समितिले विद्याले विद्यालयस्तरदेखि नै कानूनी चेतना फैलाउने अभियान थालेको भन्दै खुसी व्यक्त गरेका थिए । विद्यालयस्तरदेखि नै कानूनी ज्ञान भए विद्यार्थीहरुलाई व्यवहारिक हुन सहज हुने धारणा राखेका थिए ।  कार्यक्रममा बाराही मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल खत्री, विद्यालयका प्रधानाध्यापक  शिव प्रसाद भण्डारी, पोखरा महानगर न्यायिक समिति सदस्य, कालिदास पोखरेल र भावना श्रेष्ठ, पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, पोखरा महानगर न्यायिक समिति अभिलेख संरक्षक राममणी अधिकारी साथै पोखरा महानगर न्यायिक समिति मेलमिलाप सहजकर्ता सोम लम्सालको उपस्थिति थियो । न्यायिक समितिका सदस्यले विद्यालयका डेढ सय न्ययायिक समितिको गठन प्रक्रियाबारे भावना श्रेष्ठ र यसको अधिकार क्षेत्रबारे न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले प्रशिक्षण दिएका थिए ।  

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना निकालेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो । त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्नुपर्नेछ । साथै समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ । त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् । त्रिविबाट सम्बन्धन पाएका कतिपय आङ्गिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले सङ्कटमा परेका छन् । त्रिविका ५ सय २९ सामुदायिक क्याम्पस छन् । सबैधन्दा धेरै यी क्याम्पसमा विद्यार्थीको अभाव छ ।

पोखरा:     त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाए ।   मानिस विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं स्मृति दिवसका सन्दर्भमा बोल्दै प्रा.डा. शर्माले जनप्रिय क्याम्पस मात्रै होइन त्रिभुवन विश्वविद्यालय, पोखरा मात्रै होइन नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरि सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।   क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले पालिखेलाई स्मरण गर्दै भने, २०३९ सालमा पृथ्वीनारयाण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ, त्यो समय स्वर्णकाल थियो । उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्धा खेपेका छौं । क्याम्पस कै लागि ज्यानको आहुति दिएका पालिखे शिक्षा मै सहादत पाएका व्यक्तित्व भएको जानकारी दिए ।   संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार विष्णुप्रसाद बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, निवर्तमान क्याम्पस प्रमुख कृष्णबाबु बराल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरु, प्राध्यापक शिव केसी, सुरेश रानाभाट लगायतका वक्ताले  क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर कार्यसम्पादन  गर्नुपर्ने विचार राखेका थिए ।  समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।  स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण यसअघि नै गरिएको छ । गतवर्ष गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी थिइन । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले कोष स्थापना गरेकी थिइन ।  २०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।  १८ औं स्मृति दिवसको छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले पछ्याउन पर्ने गणेशमान पालिखेका पदचापहरू विषय अन्तरक्रिया कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख लोकराज भण्डारीले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्काले गरेका थिए ।  

नवलपुर:     नवलपुरको कावासोती नागरपालिकामा कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने सहमतिपछि नगरपालिकामा लगाइएको ताला खुलेको छ । विभिन्न शैक्षिक माग राख्दै नेपाल विद्यार्थी सङ्घ कावासोतीले कावासोती नगरपालिकामा १० दिनदेखि ताला लगाइएको थियो ।  नेपाल विद्यार्थी सङ्घ र कावासोती नगरपालिकाको वार्ता टोलिबीच भएको वार्तामा आगामी आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म कुनै प्रकारको शुल्क नलिने गरी कार्यक्रम र बजेट व्यवस्था गरिने तथा शैक्षिकसत्र २०८१ देखि लागू गर्नेगरी सहमति बनेको छ । सहमतिपछि ताला खोलिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए । त्यसैगरी माध्यमिक तहसम्म अध्ययनरत गरिब तथा विपन्नजस्ता लक्षित वर्गलाई निःशुल्क शिक्षा प्रदान गर्न कार्यविधि बनाई यही शैक्षिक वर्षबाट कार्यान्वयन गरिने सहमति भएका नेविसंघ  कावासोतीका नगर संयोजक कुमार क्षेत्रीले जानकारी दिए । नेविसंघ सङ्घ कावासोती नगरसमितिले १५ दिनदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग गर्दै आन्दोलन गर्दैआएको थियो । 

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १३ भित्र सञ्चालित संस्थागत विद्यालयले छात्रावृत्तिको विवरण बुझाएका छन् ।  पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुले संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाएका हुन् । विद्यालयले छात्रावृत्तिलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन् ।  वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए ।  बरालले वडाभित्रका विपन्न समुदायका विद्यार्थीलाई निरन्तर छात्रावृत्रि उपलब्ध गराइदिन पनि अनुरोध गरे । उनले निवर्तमान वडा अध्यक्ष दर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरण गर्दै भौतिका पूर्वाधारसँगै शिक्षा क्षेत्रको विकास पनि आवश्यक रहेको बताए ।  छात्रावृत्ति उपलब्ध गराउने बालकल्याण हाइ स्कलु, अक्सफोर्ड स्कुल, इडेन्स एकेडेमी, ताराकुञ्ज सेकेन्डरी स्कुल र चिल्डे«न एकेडेमीले १० प्रतिशत छात्रावृत्तिको विवरण वडा कार्यालयमा पेश गरेका थिए ।   अन्तरक्रिया कार्यक्रममा सामुदायिक र निजी विद्यालयबिच आपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति पनि भएको छ । वडामा रहेका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार २ सय ६५ विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ ।   

पोखरा:   गण्डकी प्रदेश सरकारले ‘सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रम अन्र्तगत प्रदेशमा रहेका सबै सामुदायिक क्याम्पसलाई क्षमता तथा कार्यसम्पादनका आधारणमा अनुदान दिने व्यवस्था मिलाउने भएको छ ।  गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यस्तो बताएका हुन् ।  उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धी अधिकार सुनिश्चिताका लागि संघ सरकार र स्थानीय तहसँगको साझेदारीमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण एव सञ्चालन ल्याउने बताएका छन् ।