पोखराः गण्डकी प्रदेश पुरुष भलिबल टिमका प्रशिक्षक रमेश केसी सम्मानित भएका छन् । गण्डकी प्रदेश भलिबल संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा संघले गण्डकी प्रदेशको भलिबल गण्डकी प्रदेश भलिबलको विकासमा योगदान पुयाएका केसीलाई प्रदेशको प्रशिक्षकमा नियुक्त भएको भन्दै सम्मान गरेको हो । उनलाई गण्डकी प्रदेशमा नवनिर्वाचित प्रदेश सांसद प्रकाश बरालले सम्मानपत्र तथा दोसल्ला अर्पण गरे । सो अवसरमा बोल्दै बरालले गण्डकी प्रदेश भलिबलको शिर उचो बनाउनतर्फ सधै अग्रसर हुन आग्रह गरेका थिए । गण्डकी प्रदेश पुरुष भलिबल टिमको प्रशिक्षक सम्हालीरहेका केसीलाई गण्डकी खेलकुद परिषद्ले गण्डकी प्रदेश भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका जिल्ला भलिबल बागलुङ र स्याङ्जा फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई पराजित गर्दै बागलुङसँग फाइनलमा भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई २२–२५, २५–२०, २५–२०, १७–२५ र १५–७ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो । फाइनलमा जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ भने तृतिय स्थानका लागि जिल्ला भलिबल संघ नवलपुर र कास्कीबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल आइतबार पोखरा रंगशाला भलिबल कोर्टमा हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
पोखराः नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् । त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् । निर्वाचन प्रक्रिया शुक्रबारदेखि नै सुरू भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले संसदीय दलको उम्मेदवारको दरखास्त दिने मिति पुष १३ गते तोकेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले मतदाता नामावली प्रकाशन पुष १२ गते, मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) पुष १२ गते मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकेको छ । नेपाली कांग्रेसले गण्डकी प्रदेशले संसदीय दलको नेता चयन गर्न पुष १३ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार जिल्ला भलिबल बागलुङ फाइनल प्रवेश गरेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो । दोस्रो सेमिफाइनल खेलमा अहिले जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल आइतबार हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् । गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
पोखराः गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन् । भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन् । स—परिवार सहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफु लालयित भएको अभिव्यक्ति दिए । गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग आफुले गर्ने बताए । मन्त्री थापासँगको भेटमा उनले भने, ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ । म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ । नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। पोखराको मनोरम दृश्यले मन छोयो । प्रदेशको पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग गरिनेछ ।’ मन्त्री थापाले सिनेमा मार्फत प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मदत पुग्ने भएकोले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराए । गण्डकी प्रदेश सिनेमा छायाँकनका लागि उत्कृष्ट प्रदेश भएको बताउँदै भारतीय सिनेमा मार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनको छ । मन्त्री थापाले नेपालमा छायाँकन गरिएको भारतीय सिनेमा उचाईलाई राम्रो सफलता मिलेको बताए । उनले नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाहरुले समेत राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको अभिव्यक्ति दिए । ‘सिनेमा छायाँकनका लागि गण्डकी प्रदेश उत्कृष्ट प्रदेश हो । नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले टेवा पुग्ने विश्वास लिएको छु । यहाँका चलचित्रकर्मी र भारतीय चलचित्रकर्मीहरु बीच समन्वय भई काम गर्न सकेमा दुवै देशलाई लाभ हुनेछ । नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाले राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको छ’, उनले भने । प्रदेश सरकार बाह्य मुलुकबाट सिनेमा छायाँकनका लागि आउने कलाकर्मीहरुलाई स्वागत गर्न सदैव तत्पर रहेको अभिव्यक्ति उनको थियो । भेटमा मन्त्री थापाले ओवरायलाई मायाको चिनो स्वरुप नेपालको पहिचान झल्किाउने ढाका खुकुरी दिएका थिए ।
पोखराः गण्डकी प्रदेशसभा सदस्यामा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको सपथ गराइने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउनुहुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित मित्रलाल बस्याल रहनुभएको छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेशसभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउनुहुने उहाँले बताउनुभयो ।
पोखराः गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’को पहिलो खेल स्याङजाले र गोरखाको सामना गर्ने भएको छ । आज (बुधबार)बाट पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको चार खेल सञ्चालन हुनेछ । लिगकम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो दिन चार खेल तय भएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । बिहान १० बजे पहिलो खेल स्याङजाले गोरखाको सामना गर्नेछ भने मध्यान्ह १२ बजे सुरु हुने अर्को एक खेलमा कास्कीले तनहुँ संग भेट पक्का गरेको छ । वेष्ट अफ फाइभको आधारमा खेलाइने खेलको उद्घाटन खेल बागलुङ र पर्वतबीच दिउसो २ बजे सुरु हुने छ भने अन्तिम खेल ४ बजे म्याग्दी र लमजुङले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रकमा हनि हन्टिङ फेस्टिबल बुधबार सकियो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै लान्द्रुकस्थित कोटेसाङभीरमा भीर माहुरीको मह काढिएको थियो । सो फेस्टिभलमा करिब आधा दर्जन भीर माहुरी घार शिकार गरिएको थियो । वर्षमा दुईपटक शिकार गरिन्छ । महभीरमा जेठ– असारपछि मंसिर महिनामा महको शिकार गरिएको थियो । मह स्वास्थ्यबर्दक मानिने भएकाले भीर महको महत्व बढेको स्थानीयहरु बताउछन् । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुुरु भएको फेस्टिबल बुधबार सम्म चलेको थियो । १ लिटर महको ३ हजार रुपैयामा विक्री हुने हनि हन्टिङ फेस्टिबल समितिले जनाएको छ । १९ तस्बिरमा हेरौँ, भीर मह शिकारको रौनक तस्बिरहरुः बि बि रोकामगर
पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिक सांसद चयनबारे विवाद देखिएको छ । समानुपातिक सांसद चयनबारे असहमति जनाउँदै पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् । राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले सबै भन्दा बढी मत ल्याउने जिल्लालाई छोडेर अन्य जिल्लाका समानुपातिक उम्मेदवारलाई सांसद बनाएको भन्दै विरोध गर्दै पार्टीमा तालाबन्दी भएको जानकारी दिए । “सबैभन्दा बढी मत ल्याउने जिल्लालाई छाडेर अन्यत्रका व्यक्तिलाई सांसद बनाएको भनेर विरोध भएको हो, प्रवक्ता गिरीले भने, “समानुपातिक सांसद चयनमा धेरै मत आउने जिल्लाबाट किन परेन भन्ने उहाँहरुको विरोध हो । भोलि बैठक बसेर विवाद समाधान गछौं ।” कास्कीबाट नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित पाँचजना बन्द सूचीमा थिए । राप्रपाले गण्डकी प्रदेशमा समानुपातिकतर्फ पञ्चराम गुरूङ र बिन्दु पहाडीलाई छनोट गरेको छ ।

