काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र्रराज पाण्डेले पार्टीको केन्द्रीय बैठकमा महामन्त्री एवं युवा नेता गगन थापामाथि कटाक्ष गरेका छन् ।    बैठकको आज तेस्रो दिन थापालाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले भनेका छन् ‘सके सभापति फेरेर देखाउनुहोस, नसके अनावश्यक भ्रम छर्ने काम बन्द गर्नुहोस् ।’ पाण्डेले कांग्रेसका सबै एउटै डुंगामा सवार रहेको दर्शाउँदै पार्टी सभापति डुबे सबै डुब्ने उल्लेख गरे ।    पाण्डेले भनेका छन् ‘सभापति शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ ।’   पछिल्लो समय थापाले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने र आवश्यक परे आफैले नेतृत्व दिने भन्ने अभिव्यक्तिप्रति पाण्डेले उक्त भनाई राखेका हुन् । मन्तव्यक्रैक्रममा पाण्डेले पार्टीप्रति भ्रम छर्न र नकारात्मक टिकाटिप्पणी नगर्न पनि सुझाव दिए ।   ‘हामी सबै एउटै डुंगामा छौं, कठिन अवस्थामा छौं’ पाण्डेले भने ‘सामुहिकरुपमा डुंगा पार लगाउने जिम्मा हामीमै छ ।’ पार्टीको विधानमा सभापति फेर्ने प्रावधान भएको भन्दै उनले सके फेर्न अन्यथा अतिरञ्जित नगर्न महामन्त्री थापालाई चेतावनी दिए ।   ‘फेर्ने समय पनि आउँछ फेरौला तर त्यो समय पर्खनु पर्छ अतिरञ्जना गर्ने काम बन्द गरौं’ पाण्डेले भने ।    केन्द्रीय समितिको बैठक मंगलबारबाट केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको छ ।

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जित्नुभएको छ ।   नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड  युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो ।   अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ । सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनोट हुनुभएको थियो ।   संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा चिनाएको छ । संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ ।

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।   बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।   उहाँले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताकासाथ अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो ।   उहाँले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने साथै उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताउनु भयो ।    उहाँले भन्नुभयो, ‘आन्तरिक स्रोत, साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ ।   विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ । असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रविधिलाई बदल्नुपर्छ ।’  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्।   बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ुप्रचण्डुको इटली भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री प्रचण्ड शनिबार (साउन ६ गते) साँझ ६ बजे इटली प्रस्थान गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।   संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री प्रचण्डसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल पनि इटली जाने छन्।   आजै बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ।  

काठमाडौं:     नेपाली कांग्रेस कार्यसमिति बैठक जारी छ।  पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा विभिन्न विषयमा प्रस्ताव भइरहेका छन्। यसैक्रममा महामन्त्री गगनकुमार थापाले पार्टीको सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। उनले कार्यसमिति बैठक प्रत्येक दुई÷दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बैठक साउन, असोज, मंसिर, माघ, चैत्र र जेठको पहिलो हप्ता बस्नुपर्नेछ।  वर्षमा न्यूनतम दुई बैठक काठमाडौं उपत्यका बाहिर बस्नेछ। यस्तै नेता थापाले विधानको धारा ३७ (१) अनुसार केन्द्रीय कार्यसमिति सदस्य प्रमुख रहेको विभागहरूको गठन हुने प्रस्ताव गरेका छन्।  

काठमाडौं:    नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले प्रतिवेदन बुझाएका छन् । अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ । ‘मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएका छौं,’ अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले भने । पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।    

काठमाडौं:     नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि आज (मङ्गलबार) बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९ साउन २ गते बैठक बसेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा मुख्यत: १० वटा मुद्दामा छलफल हुने बताउनुभयो। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।  महामन्त्री शर्माले सभापति देउवा र महामन्त्रीहरूबिचको परामर्शमा तय भएका एजेन्डाबारे पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरिएको बताउनुभयो। उहाँका अनुसार बैठक प्रतिवेदन र प्रस्तावसहित १० बुँदे एजेन्डामा केन्द्रित रहन्छ। समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र, शासन र सुशासनका सन्दर्भमा बैठक केन्द्रित रहने छ।  उहाँले साङ्गठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रस्तावित हुने बताउँदै पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय काम पनि बैठकमा प्रस्ताव गरिने जानकारी दिनुभयो।  त्यसै गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय अनुमोदनको प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले निर्वाचन परिचालन समिति २०७९ का संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत हुने बताउनुभयो। महामन्त्री शर्माले नीति अधिवेशनको मिति तय गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनमा नेतृत्व चयनको अधिवेशन र नीति निर्माणको अधिवेशनलाई छुट्याउने निर्णय भयो।  यो बैठकमा नीति अधिवेशनको केही खाका प्रस्तुत हुन्छ। मिति, ढाँचा र प्रक्रिया तय गर्नेछ।” उहाँका अनुसार विभाग गठनका सन्दर्भको प्रस्तावमा केही विभाग थप्नुपर्ने र विभागको कामको व्याख्यासम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले देश र विदेशका नेता–कार्यकर्ता र शुभचिन्तकको माग अनुरूप कांग्रेसको राष्ट्रव्यापी अभियानको नाम, उद्देश्य र खाका पनि बैठकमा प्रस्तुत हुने बताउनुभयो। त्यसै गरी अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टी अनुशासनसम्बन्धी प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुहुने छ।  महामन्त्री शर्माका अनुसार निर्वाचनपछि सबैभन्दा ठुलो दलका रूपमा कांग्रेसले संसद्मा गरेका काम, भूमिका, विधेयक र प्रस्तुतिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सङ्घीय सरकारसँगै चार प्रदेशमा कांग्रेसले गरिरहेको नेतृत्व र सातै प्रदेशका सरकारमा सहभागिताबारे विवरण राख्नुहुने छ।  प्रत्यक्ष प्रसारणको बहस कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ। महामन्त्री शर्मा र पूर्वमहामन्त्री डा। शशाङ्क कोइरालाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो। उहाँहरूका अनुसार बैठकको प्रत्यक्ष प्रसारणबारे फेरि छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी भएको छ। डा। कोइरालाले भन्नुभयो, “पहिलो दिन प्रत्यक्ष प्रसारण गर्ने र त्यसको प्रतिक्रिया कस्तो आउँछ, त्यसलाई हेरेर निर्णयमा पुग्ने छौँ।”    

काठमाडौं:    सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मङ्गलबार बस्ने केन्द्रीय कार्य समिति बैठकको विषय तय गर्नका लागि पदाधिकारी बैठक सुरु भएको जानकारी दिए ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको बैठकमा पार्टी सभापति, उपसभापति, महामन्त्रीसहित कार्य समितिका पदाधिकारी र पूर्व पदाधिकारी उपस्थित छन् । आजको बैठकले भोलि (मङ्गलबार)बाट बस्ने पार्टी केन्द्रीय समितिको बैठकका विषय तय गर्ने प्रयोजनका लागि बैठक बसेको हो । केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध सिर्जना भएको छ । कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए । त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो । सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका छन् । रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।