काठमाडौं:  ६ महिना भित्र प्रतिनिधिसभाको अर्का निर्वाचन गराउनु नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकासका योजना लिएर आउन अनुरोध गरेका छन्।   प्रधानमन्त्री प्रचण्डले जिल्‍लाको समग्र विकासका लागि आवश्यक लिखित ज्ञापनपत्र लिएर आउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गरे।   सहिद दिलबहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन्।   'स्वास्थ्य,शिक्षा तथा विकास निर्माणका कामबारे,अधुरा-अपुरा कामलाई पूर्णता दिने सम्बन्धित विषयमा ज्ञानपपत्र लिएर आउनु अनुरोध गर्दछु,'उनले भने,'तत्काल गर्नुपर्ने कामहरू, मध्यकालीन र दुरगामी कामहरूको सूत्रवद्ध भएर ल्याउनुहोला।'   उनले संसदबाट सत्यनिरूण तथा मेलमिलाप आयोगसँग र वेपत्ता छानविन आयोगसँग सम्बन्धित विधेयक छिट्टै पारित हुने बताए। विधेयक पारित भए सहिदका परिवारलाई ठूलै राहत पुग्ने उनको भनाइ छ।   यस्तै प्रधानमन्त्री प्रचण्डले जनआन्दोलन र जनयुद्धका क्रममा सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने तयारीमा रहेको बताए। 'जनयुद्ध र जनआन्दोनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्छौं। यसले सहिदका परिवारलाई मलमपट्टी लगाउने र मेरो लागि पनि यो निकै खुसी र गर्वको कुरा हुनेछ। तपाईं हाम्रा सपना ढिलै भएपनि पूरा हुँदैछन्।'   प्रचण्डले तिनै सहिदको सम्मानमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्पष्ट पारे।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे।   प्रधानमन्त्रीले भने,'आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्,उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।'   सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए।  उनले भने,'सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका सहिदको सम्मान,उनीहरूको परिवारको परिपूरण,सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।'   अन्तक्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।    सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो । नेकपा माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ । 

काठमाडौं:  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन्।   सत्ता मोहमा रूमलिएका विभिन्न दलहरूको स्वार्थका कारण वाम एकता नभएको उनले बताए।   ‘अहिले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो। वामपन्थीहरू एक ठाउँमा आउने हो भने प्रगतिशील नीति ल्याउन सकिन्छ,’ सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले एकता हुन सकेको छैन।’   अहिलेको सत्ता गठबन्धनले मुलुकमा गुणात्मक परिवर्तन ल्याउने सम्भावना आफूले नदेखेको उनले बताए।   सत्ता मोहले गर्दा २ महिनामै गठबन्धन फेरिएको र सरकार फेरिने अवस्था बनेको उनको भनाइ थियो।   एकीकृत समाजवादीले नीति र लक्ष्य मिल्ने दलहरूसँग एकता गर्ने भए पनि तत्काल यो सम्भावना भने नरहेको उनले बताए। तर वाम एकताका लागि समाजवादी सधैं तयार रहेको उनको भनाइ थियो।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमलदाहाल 'प्रचण्ड' फागुन १९ मा दोहा जाने भएका छन्। अतिकमविकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन्।   परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री प्रचण्ड फागुन २२ मा फर्किने जानकारी दिइन्।   प्रधानमन्त्री भएपछिको यो प्रचण्डको पहिलो विदेश भ्रमण हो।

पोखरा:   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

काठमाडौं:    राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ।

काठमाडौं:   राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।

नेकपा एमालेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पुस २५ गतेसम्म ‘धेरै कुरा पाक्ने’ प्रतिक्रिया जनाएका छन् ।    राष्ट्रपतिको विषयलाई लिएर नेकपा माओवादी केन्द्रसँग खटपट बढेपछि बिहान बसेको सचिवालय बैठकले पार्टीबाट सुभाषचन्द्र नेम्वाङ्गलाई उम्मेदवार चयन गरेको छ । उम्मेदवार चयनपछि गुरुङले उक्त प्रतिक्रिया दिएका हुन् ।    गुरुङले भनेका छन्, ‘पुस २५ गते आउन बाँकी छ, त्यतिबेलासम्म धेरै कुरा पाक्नेछ ।’ भनाइको आशयअनुसार त्यतिबेलासम्म नेपालको राजनीतिक डिस्कोर्स पुस १० कै सहमतिअनुसार अघि बढ्नसक्छ भन्ने हो ।    साथै, उनले गठबन्धन टुटेको छैन भन्दै पुस १० कै सहमतिअनुसार राष्ट्रपतिको .उम्मेदवार तय गरेको बताएका छन् ।      त्यतिञ्जेलसम्म एमाले सरकारबाट नबाहिरिने गुरुङको भनाई छ । 

काठमाडौं:    फागुन २५ गते हुने राष्ट्रपति चुनावमा नेपाली कांग्रेसले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।  बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए। कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्। पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्न लागेका छन्।  गठबन्धनका सबै नेताहरू पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ।