काठमाडौं:  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन्...

  पोखरा: नेकपा एमालेका केन्द्रिय सदस्य, होनहार सृजनशिल युवा नेता । गणतान्त्रिक आन्दोलनका योद्धा मानिने पहारीको राजनीतिक यात्रा विद्यार्थी जिवनबाटै शुरु भएको हो । २०५८ सालमा देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति भएपछि उनको राजनीतिक यात्रा निकै क्रियाशिल बन्यो । स्ववियु सदस्य, उपाध्क्ष हुदै नेतृत्वमा पुगेका पहारी देशकै नमुना स्ववियु सभापति घोषित भए । स्ववियु सभापति रहँदा गणतन्त्र प्राप्तिका लागि पिएन क्याम्पसबाट देशैभर ५ लाख हस्ताक्षर संकलन अभियान सफल पारे । २०५६ सालमा जलेर ध्वस्त भएको पिएन क्याम्पस प्रशासनिक भवन पुनःनिर्माण कार्य, क्याम्पस क्याम्पसको आम्दानी बृद्धीका लागि ५१ सटर निर्माण, सबै शंकाय जोड्ने पिच बाटो निर्माण लगायतका कार्यमा उनको भूमिंका अहम रहयो । २०६० सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य, सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख बनेका पहारीले २०६२÷०६३ को ऐतिहाँसिक जनआन्दोलनमा पश्चिमाञ्चल क्षेत्रबाट युवा विद्यार्थी जनआन्दोलन परिचालन कमिटिको संयोजक बनेर अग्रपंत्तिमा रहँदै जनआन्दोलनको नेतृत्व गरे । उनको राजनीतिक यात्रा झाँगिदै गर्दा उनले देशकै युवाहरुको ससक्त समुह युवा संघको नेतृत्व कुशल ढंगले सम्हालिसकेका छन् । भारतिय नाकाबन्दिदेखि चर्को मुल्य बृद्धि विरुद्धको आन्दोलनमा उनको स्वर बुलन्द बन्यो । तराईमा भड्किएको बिखण्डनकारी घटनामा सामाजिक सद्भाव कायम गर्न पहारीले अभियाननै छेंडे । र घटनालाई साम्य पार्न महत्वपूर्ण भूमिंका निर्वाह गरे । ७२ को विनाशकारी महाभूकम्पबाट क्षति भएका सिन्धुपाल्चोकका ५० विद्यालयको पुनःनिर्माण कार्यमा उनले पु¥याएको योगदान सम्झन लायक थियो । २०६६ देखि ०६८ सम्म नेकपा एमाले क्षेत्र नम्बर ३ को अध्यक्ष भई काम गरेका पहारीले त्यस अघि नेकपा एमाले कास्की सचिवालय सदस्य, विद्यार्थी फाँट प्रमुख तथा प्रचार विभाग प्रमुख रहि जिम्मेवारी सम्हाले । पहारीले अमेरिका, क्यानडा, जापान लगायत विभिन्न ५५ भन्दा बढि देशको विकासको अनुभव बटुलेका छन् । पार्टीका लागि यति धेरै योगदान पुर्याएका पहारीलाई २०७४ को संघिय निर्वाचनमा पार्टीले कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवारको रुपमा अगाडी सा¥यो । जनताको मन जितिसकेका पहारीलाई चुनाव जित्न त्यहि गाह्रो थिएन । उनी अत्याधिक मतका साथ विजयी भए । र यो पाँच वर्षे कार्यकालमा आफ्नों क्षेत्रमा विकासे लहर ल्याए । पहारीको पहलमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा घाँटीछिना, नयाँबस्तिमा हर्पन चेक ड्याम बन्यो । अन्नपूर्ण गाउँपालिका १, नागडाँडामा अत्याधिक वर्षाका कारण पैह्रोले गाउँनै जोखिममा परेका बेला पहारीले बस्ति संरक्षणका लागि गरेको कार्य प्रशंसनिय छ । त्यस्तै पामे, ठूलाखेत, फुस्रेखोलामा पक्कि पुल निर्माणकार्य सम्पन्न भए । पर्यटकिय लेकसाइड जोडने मुख्य सडक शहिदचोकदेखि, हल्लनेचोकहँदै गैह्रा चौतारा तथा उत्तरतर्फ जिरो किमीसम्म उनको कार्यकालमा अस्फाल्ट पिच बन्यो । त्यस्तै, फेवातालको किनार स्विमिङपुलघाटदेखि गैह्राचौतारासम्म फुटट्रयाक निर्माण कार्य पनि सम्पन्न भयो । पहारीले आफ्नों क्षेत्रमा पर्ने थुप्रै सरकारी विद्यालयहरुमा युरो गार्ड जडान गरे । कहिले न्यानो कपडा वितरण त कहिले स्यानिटरी प्याड, शैक्षिक सामग्री वितरणमा सक्रिय बने । कोरोना महामारीमा पनि उनी घर बसेनन् । स्वास्थ्य सामग्री लिएर गाउँ गाउँ पुगे । कोरोनाका कारण लकडाउनले आक्रान्तमा परेका जनताको घर घरमा खाद्य सामग्री पुर्याए । लौरुकमा खानेपानीको ठूलो अभाव छ । कास्कीकोटमा पनि खानेपानीको हाहाकारनै थियो । चुनाव जितेपछि पहारी खानेपानी पाइप लिएर गाउँ पुगे । घरघरै पानी पु¥याउने भन्दै लौरुकमा खानेपानी लिफ्टीङ योजना अघि सारे । बजेट पनि पर्याे । धमाधम काम भइरहेको थियो । तर दुर्भाग्य, पुरा अवधि काम गर्न नपाउँदै सरकार ढल्यो । काम पनि विचैमा रोखियो । जनताको घरघरमा पानी पुर्याएरै छाड्ने अठोट लिएका पहारी फेरी यहि क्षेत्रको चुनावमा होमिएका छन्, जनतासंग बाँडेका अधुरा सपना साकार पार्ने अठोटका साथ । प्रतिपक्षमा रहँदा सत्तापक्षका लागि तिखो काँडा बनेका पहारी जनताको आवाज बोल्न कहिल्यै पछि परेनन् । जनजिविकाका सन्दर्भमा जहिले पनि उनले संसदमा चर्को आवाज उठाए । गण्डकी प्रदेशकै विकासको संवाहक राजीव पहारी फेरी पनि यसै क्षेत्रको सांसद बन्न चुनावी होडमा मैदान उत्रिएका छन् । ‘आजको दिनसम्म लगभग मेरो क्षेत्रका सबै जनतासंग प्रत्यक्ष सात्क्षात्कार गरिसकेको छु, धेरैबाट सकारात्म प्रतिक्रिया पाएको छु, यसबाट मलाई फेरी यहि क्षेत्रमा फर्किएर काम गर्न ठूलो हौसला मिलेको छ’–पहारीले भनेका छन् ।

पोखरा:  हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार राष्ट्रिय विषय पनि यतिखेर दलहरूका घोषणापत्र तथा उम्मेदवारका प्रतिबद्धतामा समेटिएका छन् ।      गण्डकी प्रदेशका ११ वटै जिल्लामा चुनावी माहोल तातिरहेका अवस्थामा विगतमा जस्ता भड्किलो प्रचार भने नदेखिएको मतदाताको अनुभव छ । विगतका निर्वाचनमा चर्का माइक, बाजागाजा आदिका कारण ध्वनी प्रदूषण गर्ने गरी हुइँकिने गाडीहरूसँगै कार्यकर्ताहरूको उत्ताउलो प्रचार अहिले भने निकै कम भएको कास्कीको गगनगौंडाका मतदाता सुनिल सुवेदी बताउनुहुन्छ । निर्वाचन आयोगको निगरानीसँगै दलहरूमा पनि राजनीतिक संस्कार परिवर्तन भएको पाइएको यस पटकको प्रचारशैलीले देखाएको उहाँको भनाइ छ । गण्डकीमा नेपाली कांग्रेससहितका दल गठबन्धन गरी चुनावमा होमिएका छन् भने नेकपा (एमाले) सहित अन्य दलहरू छुट्टाछुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । विगतको चुनावको गणितले गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिए पनि अन्य नयाँ तथा साना दल पनि उच्च मनोबलका साथ निर्वाचन आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय छन् । कूल ११ वटा जिल्लामा समेटिएको गण्डकीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट रहेको छ । २०७४ को निर्वाचनमा एमाले—माओवादी वाम गठबन्धन बनाई चुनावमा जाँदा उक्त गठबन्धनले १६ स्थानमा जितेको थियो । त्यस निर्वाचनमा कांग्रेसले नवलपुर निर्वाचन १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट चुनाव जित्नुभएको थियो । त्यतिबेलाको समीकरण बदलिएर हाल सो वाम गठबन्धन टुटेको छ । नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टैछन् भने एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । अहिले कांग्रेससहित माओवादी, एकीकृत समाजवादी एक ठाउँमा छन् । त्यसले गर्दा गण्डकी प्रदेशमा ७४ सालको निर्वाचनभन्दा यसपटक निर्वाचन परिणाम फरक आउने अनुमान गरिएको छ । मुस्ताङ, मनाङ, स्याङ्जाको १, कास्कीको ३ र तनहुँको २ मा एमाले काङग्रेसभन्दा  हजार कम मतले अगाडि रहेको छ । मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ । गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ भने एउटामा कांग्रेस र अर्कोमा माओवादी अगाडि देखिन्छ । स्थानीय तहको नतिजालाई आधार मान्दा यसपटक कास्कीको २ र ३, पर्वत, नवलपुरको २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी क्षेत्रमा एमालेले पाएको र गठबन्धनको दलले प्राप्त गरेको मत लगभग बराबरी अवस्थामा छ । तथ्याङ्कअनुसार स्थानीय तहको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार आठ सय ३७ मत ल्याउँदा एमालेले ३० हजार एक सय ९६, माओवादीले तीन हजार दुई सय ७८ र  राप्रपाले एक हजार आठ सय १८ मत ल्याएका थिए । कास्की निर्वाचन क्षेत्र नं २ मा एमाले २१ हजार एक सय ६४ मत ल्याउँदा कांग्रेसले १९ हजार आठ मत ल्याएको थियो । त्यस्तै राप्रपाले दुई हजार ७९, एकीकृत समाजवादीले दुई हजार ५३, माओवादीले एक हजार एक सय ९८ र जसपाले एक सय ५३ मत ल्याएका थिए । कास्की निर्वाचन क्षेत्र नं ३ मा एमालेले २९ हजार आठ सय पाँच मत ल्याउँदा कांग्रेसले २८ हजार आठ सय ४६, माओवादीले दुई हजार चार सय, राप्रपाले एक हजार ६५ र एकीकृत समाजवादीले पाँच सय एक मत ल्याएको थिए । गोरखा निर्वाचन क्षेत्र नं  १ मा काँंग्रेसले २७ हजार ८४ मत ल्याउँदा माओवादीले २५ हजार चार सय ७२, एमालेले १४ हजार पाँच सय ६६, जसपाले दुई हजार सात सय ५४, राप्रपाले दुई सय २७, एकीकृत समाजवादीले ७० मत ल्याएका थिए । गोरखा २ मा माओवादीले २२ हजार दुई सय ५० मत ल्याउँदा कांग्रेस २१ हजार एक सय ३६, एमाले सात हजार नौ सय २६, जसपाले सात हजार पाँच सय चार र राप्रपा आठ सय ७८ मत ल्याएका थिए । तनहुँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार एक सय ६ मत ल्याउँदा एमालेले २२ हजार दुई सय १०, माओवादीले आठ हजार चार सय ७४, राप्रपाले एक हजार सात सय ७५, एकीककृत समाजवादीले आठ सय ९२ र जसपाले ५४ मत ल्याएका थिए । तनहुँ २ मा एमालेले ३० हजार नौ सय ६२ मत ल्याउँदा कांग्रेसले ३० हजार ६ सय ६, माओवादीले छ हजार आठ सय ३६, एकीकृत समाजवादीले एक हजार दुई सय ५२ र राप्रपाले नौ सय ५५ मत ल्याए । पर्वतमा एमाले ३५ हजार सात सय १६ मत ल्याउँदा कांग्रेसले २९ हजार तीन सय ४४, माओवादीले पाँच हजार तीन सय ६१, एकीकृृत समाजवादीले पाँच सय ४६ र राप्रपा चार सय ९३ मत ल्याएका थिए । नवलपुर निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ४० हजार पाँच सय ११ मत ल्याउँदा एमालेले ३९ हजार नौ सय ५१, राप्रपाले दुई हजार तीन सय ७३, माओवादीले एक हजार नौ सय २१ र जसपा एक सय ८८ मत ल्याए । नवलपुर २ मा एमालेले ४१ हजार सात सय ९८ मत ल्याउँदा कांग्रेसले ३८ हजार ६ सय १९, राप्रपाले दुई हजार तीन सय ५५, माओवादीले एक हजार सात सय ४२, जसपाले तीन सय तीन र एकीकृत समाजवादीले दुई सय १४ मत ल्याएका थिए ।  बागलुङको निर्वाचन क्षेत्र नं १ मा एमालेले २१ हजार नौ सय ७८ मत ल्याउँदा कांग्रेसले १९ हजार पाँच सय १३, राष्ट्रिय जनमोर्चाले छ हजार ६७, माओवादीले दुई हजार पाँच सय २९, एकीकृत समाजवादीले दुई हजार चार सय ५१ मत प्राप्त गरे । बागलुङ २ मा एमालेले १९ हजार ३० मत ल्याउँदा कांग्रेसले १७ हजार सात सय ५१, माओवादी नौ हजार सात सय ५१, राजमो छ हजार ६ सय ७८ र एकीकृत समाजवादीले तीन सय ८८ मत प्राप्त गरे । स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३७ हजार पाँच सय १० मत ल्याउँदा एमालेले ३६ हजार आठ सय ४५, माओवादी एक हजार नौ सय ८४ र  राप्रपाले एक हजार दुई मत ल्याए भने स्याङ्जा २ मा कांग्रेसले ३६ हजार आठ सय ६ मत ल्याउँदा एमालेले ३४ हजार आठ सय नौ, माओवादीले एक हजार दुई सय ४३ र राप्रपाले पाँच सय ११ एकीकृत समाजवादीले दुई सय ३३ मत ल्याए । हिमालपारिको जिल्ला मनाङमा एमालेले एक हजार दुई सय ५८ मत ल्याउँदा कांग्रेसले एक हजार दुई२० मत प्राप्त गर्यो भने मुस्ताङमा एमालेले तीन हजार एक सय २८ मत ल्याउँदा कांग्रेसले दुई हजार सात सय ४२ र राप्रपा १८ मत प्राप्त ग¥यो । म्याग्दीमा एमाले २३ हजार दुई सय १० मत ल्याउँदा कांग्रेसले २० हजार ३८, माओवादीले आठ हजार पाँच सय ९३ र राप्रपाले दुई सय १७ मत प्राप्त गरे । यस्तै लमजुङमा एमालेले ४० हजार एक सय ९७ मत ल्याउँदा कांग्रेसले ३५ हजार दुई सय ७६, माओवादीले छ हजार एक सय २७, राप्रपाले एक हजार एक सय ८४ र जसपाले एक सय ९० मत ल्याए । यस निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभातर्फ १४ जनाको उम्मेदवारी छ । त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा आठ र (ख) मा सातजनाको उम्मेदवारी छ । जिल्लाको  निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १७ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उक्त निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभा (क) मा आठ र (ख) मा छजनाको उम्मेदवारी छ । त्यस्तै निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभातर्फ (क) र (ख) मा सात÷सातजनाको उम्मेदवारी परेको छ । जिल्लाको क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट किशोरदत्त बराल र नेकपा (एमाले) का तर्फबाट मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दलका तर्फबाट श्रीनाथ बराल र एमालेका तर्फबाट विद्या भट्टराई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै क्षेत्र नं ३ मा गठबन्धन दलका तर्फबाट रामजीप्रसाद बराल (जीवन) र एमालेबाट दामोदर वैरागी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा हरेकामा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ भने एमालेबाट सूर्यप्रसाद पाठक उम्मेदवार बन्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षत्रीको उम्मेदवारी छ । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ९क० मा पाँचजनाको उम्मेदवारी छ भने (ख)मा चारजनाको उम्मेदवारी छ । बागलुङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसेलगायतको उम्मेदवारी छ । उक्त क्षेत्रको प्रदेश (क) मा दुई र प्रदेश (ख)मा सातजना उम्मेदवार हुनुहुन्छ । पूर्वी नवलपरासीमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ । नवलपुरमा गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेसका डा शशाङ्क कोइराला र एमालेबाट कृष्ण पौडेल उम्मेदवार रहनुभएको छ । त्यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका तिलकबहादुर महत उम्मेदवार हुनुहुन्छ । म्याग्दीमा १९ जना चुनावी मैदानमा रहेकोमा प्रतिनिधि सभामा तीन स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवारका रूपमा रहनुभएको छ । तनहुँमा प्रतिनिधिसभा तथा प्रदेश सभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुनेमाक्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । उक्त प्रदेशको प्रदेशसभा(क) का लागि ११ जना र प्रदेशसभा (ख) का लागि सात जनाको उम्मेदवारी परेको छ । तनहुँ २ को प्रतिनिधिसभा सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रको प्रदेशसभा (क) का लागि आठ र प्रदेशसभा (ख) का लागि छजनाको उम्मेदवारी छ । तनहुँ १ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल, नेकपा (एमाले) का एकबहादुर राना, जनता समाजवादी पार्टीका पासाङ थापा मगरलगायत हुनुहुन्छ । तनहुँ २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कांग्रेसका शङ्कर भण्डारी,  एमालेका किरण गुरुङलगायत प्रतिस्पर्धामा हुनुहुन्छ । मनाङमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पाल्तेन छोपाङ गुरुङ उम्मेदवार हुनुहुन्छ । पर्वतमा प्रतिनिधिसभाको सदस्यका लागि १५ जनामध्ये गठबन्धनका तर्फबाट कांग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका तर्फबाट पदम गिरी उम्मेदवार हुनुहुन्छ । प्रदेशसभातर्फ प्रदेश (क) मा नौजना र प्रदेशसभा(ख) मा भने सातजना उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुँदैछ । लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनामध्ये प्रतिनिधिसभाका लागि एक स्वतन्त्र उम्मेदवारसहित ११ जना, प्रदेश (क) मा पाँच र प्रदेश (ख) मा छजना उम्मेदवार गरी २२ जनाको उम्मेदवारी छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङलगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । स्याङजामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा रहेकामा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका राजु थापा, एमालेका नारायणप्रसाद मरासिनीलगायत हुनुहुन्छ । उक्त क्षेत्रको प्रदेश (क) मा सातजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै प्रदेश (ख) मा पाँचजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्याल लगायतको उम्मेदवारी छ । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली हुनुहुन्छ भने एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार हुनुहुन्छ । गोरखामा प्रतिनिधिसभा तथा प्रदेशसभामा ४९ जना चुनावी मैदानमा रहेकोमा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट काँग्रेसका राजेन्द्र बजगाईं, एमालेका रामशरण बस्नेतलगायतको उम्मेदवारी छ भने गोरखा २ मा गठबन्धनका तर्फबाट माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड), एमालेबाट अब्दुस सलाम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटीलगायत हुनुहुन्छ । प्रदेशमा स्थानीयदेखि राष्ट्रियस्तरका मुद्दा यतिखेर चुनावी प्रतिवद्धताका रुपमा व्यक्त भएका छन् । कास्कीको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुहुन्छ । गठबन्धन देशको आवश्यकता भएको बताउँदै उहाँले यो केबल निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्याउनका लागि  उपलब्धिको रक्षा र देशको समृद्धि र विकासका लागि भएको बताउनुभयो । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई समाजका सबै वर्ग र समुदायका व्यक्तिलाई समृद्धि र विकासको समान पहुँचमा पु¥याउनु अहिलेको आवश्यकता भएको बताउनुहुन्छ ।  गण्डकी प्रदेशकामा चुनाव लक्षित प्रतिवद्धताहरू व्यक्त हुँदा कालीगण्डकी डाइभर्सनको विषय पनि यतिखेर चर्चामा छ । नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएका हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणापत्रमा कालीगण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढाउने उल्लेख गरेपछि कालीगण्डकी प्रभावित जिल्ला पूर्वी नवलपरासी, पाल्पा, स्याङ्जा तनहुँलगायतका जिल्लामा विरोध सुरु भएको अवस्थामा कोइरालाले आफ्ना चुनावी कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । विभिन्न क्षेत्रमा दलका शीर्षनेताहरूसमेत चुनावी प्रतिष्पर्धामा रहेका कारण गण्डकीको चुनावलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादीका पुष्पकमल दहाल, देवप्रसाद गुरुङ, कांग्रेसका रामचन्द्र पौडेल, एमालेका पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतका शीर्षनेतासमेत उम्मेदवार भएको यहाँको चुनावको परिणाम कस्तो आउने हो त्योे यतिखेर चासो र चर्चामा छ ।

पोखराः   गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् ।  गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए ।  घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’, थापाले भने ।  थापाले सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्व्य गरि डिजिटल गण्डकी प्रदेशको निमार्णमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  भ्रष्टचार नगर्ने सहयोगी थापालाई हाम्रो मत: स्थानीय पोखरा महानगरपालिका वडा ८ मा मतदाताको समस्या बुझ्न पुगेका थापालाई सोमबार स्थानीयहरुले भव्य स्वागत र सम्मान गरे । उक्त सम्मान देख्दा आफुलाई विजयी भएको अनुभूति भएको थापाले बताए । मन र मत जितेका थापालाई यसपालि पनि जिताउन वडा ८ का वासिन्दाहरु आतुर भएका छन् ।  स्थानीय गोविन्द खाँडले विन्दुकुमार थापा विकास प्रेमी नेता भएको बताए । उनले आफुले पार्टी नहेरि व्यक्ति हेरेर थापालाई मत दिन लागेको प्रतिक्रिया दिए । ‘पार्टी होइन व्यक्तिलाई मत दिने हो । उहाँ (विन्दुकुमार थापा) विश्वासिलो व्यक्ति हुनुहुन्छ । पार्टी भनेर नाङ्गो खुट्टा आएकालाई दिएर काम छैन’ उनले भने, ‘तिनिहरुले देशलाई कंगाल बनाए । समृद्ध भएकालाई दिँदा देश बन्ने रहेछ । त्यसैले विन्दु थापालाई हाम्रो मत जान्छ ।’  थापामा लोभलालच केही नरहेको र सहयोगको भावना रहेको व्यक्ति भएकाले सबैको मन जितेको खाँडको भनाइ छ । उनले आफ्नो अधिकार प्रयोग गरि थापालाई मत दिन समेत आग्रह गरेका छन् । ‘यो हाम्रो अधिकार हो देश बनाउने त्यसैले देश समृद्धि, नागरिक आत्मनिर्भर हुनुपर्छ । हामी विदेश जाने हो भने हाम्रो पासपोर्ट देखेर हेप्छन्’ उनले भने, ‘आफ्नै देशमा स्वरोजगार भयो भने त्यसरी हेरिदैन् । त्यसैले अब देशका लागि गर्ने व्यक्तिलाई अघि बढाउनुपर्छ ।’ यस्तै, स्थानीय चमेली कुँवरले पनि थापा सहयोगी भावना भएका सरल व्यक्ति रहेको सुनाइन् । उनले समाजसेवामा लाग्ने थापा यसअघि पनि कुनै सेवा सुविधा नलिइ नागरिकको सेवामा लागेकाले आफ्नो मत थापालाई नै दिने बताइन् ।  ‘हामी विन्दु थापालाई मत हाल्न निकै खुशी छौँ । उहाँ निकै सहयोगी हुनुहुन्छ’, उनले भनिन् ।  

तनहुँः   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आज आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने सङ्कल्पसहित गठबन्धन निर्माण भएको बताउनुभयो ।    “यसपटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ”, उहाँले भन्नुभयो । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो ।    “घटनाक्रमको विकास लामो सङ्घर्षबाट उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यौँ, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो”, अध्यक्ष दाहालले भन्नुभयो । तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष उहाँले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताउनुभयो ।    उहाँले नेकपा ९एमाले० लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताउनुभयो । “संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो रु भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उहाँ देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको उल्लेख गर्नुभयो । “पौडेललाई धेरै मत दिएर जिताउनुस् त्यो सम्भावना बढ्यो, बढ्यो, बढ्यो”, अध्यक्ष दाहालले भन्नुभयो । 

पोखरा:    कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।    सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार दामोदर पौडेल बैरागी र प्रदेश सभा ३ (१) का उम्मेदवार गणेशमान गुरुङसँग आग्रह आगह गरेका थिए । प्रदेशमा एमालेको सरकार हुँदा समस्या समाधान गर्न लिफ्टिङ खानेपानी सुरु गरेर केही हदसम्म समस्या समाधान भएको र अब दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता दुवै उम्मेदवारले जनाएका हुन् ।    पोखरा १८ को अन्य ठाउँको तुलनामा माथिलो क्षेत्र तोरीपानी, गोठादी, पँदेली र तल्लो क्षेत्र भकुण्डेमा खानेपानीको चरम अभाव भएको स्थानीयको गुनासो छ । ‘सरकाङकोट र यहीँको छिमेकी वडा पोखरा २४ कास्कीकोटमा खानेपानीको समस्या भएको थाहा छ,’ उम्मेद्वार बैरागीले भने, ‘यहाँ एउटा लिफ्टिङको प्रयास पनि सफल हुन सकेन । पछि संघ र प्रदेशमा एमालेको सरकार नहुँदा काम रोकियो । चुनाव जितेपछि यो समस्या समाधान गर्न प्रतिबद्ध छौँ ।’   प्रदेश सभा उम्मेदवार गुरुङले सामान्य खानेपानीको समस्या समाधान नहुँदा महानगरबासी हो भन्न लाज हुने अवस्था रहेकोमा आफू जानकार रहेको सुनाए । उनले वर्तमान गठबन्धन सरकारले काम नगरेको र काम गर्न प्रदेशमा र संघ दुवैमा एमाले सरकार चाहिने स्पष्ट पारे । ‘खानेपानीजस्तो आधारभूत आवश्यकताबाट वञ्चित हुनुहुन्छ थाहा छ । प्रदेशमा एमालेको सरकारको पालामा काम सुरु भएको थियो । पछिको सरकारले काट्यो,’ उनले थपे, ‘जितेपछि आधारभूत आवश्यकता पुरा गर्न हाम्रो पहिलो प्रयास हुनेछ ।’   हर्पन खोलाले कटान गर्ने वस्ती संरक्षणलगायत विषयमा चंखपुरका स्थानीयले उम्मेद्वारलको ध्यानाकर्षण गराएका थिए । खानेपानी समस्या समाधान, सराङकोटमा निर्माणको अन्तिम चरणमा पुगेको शिव मन्दिर निर्माण, सुकुम्बासी व्यवस्थापनलगायत विषयलाई विशेष प्राथमिकता दिने उम्मेदवारद्वय पौडेल र गुरुङको वाचा छ ।   

गोरखा:  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताउनुभएको छ ।  गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताउनुभयो ।   “शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।” उहाँले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताउनुभयो ।  वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताउनुभयो । “हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “रुखले हँसिया हताँडालाई भोट हाल्नुस्, रुखले हँसिया हतौडालाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।” प्रचण्डले निर्वाचन जितेर गएपछि उहाँले नै देशको नेतृत्व गर्नसक्ने उहाँको दाबी छ । 

  पोखरा:  पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि निष्ठाका साथ लाग्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प गरेका छन् । लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र स्थिर सरकार निर्माण गर्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प उनीहरूले गरेका हुन् । ‘हाम्रो सङ्कल्प संविधानसभाले बनाएको संविधानको रक्षा गर्दै सार्वभौमसत्ता सम्पन्न जनताको अधिकारलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिँडाउनु हो, त्यसैले यो निर्वाचनमा मुलुकलाई सधैँ अस्थिरता निम्त्याउने, संविधान विरोधी, जनताको अधिकार कटौती गर्ने, राज्यका सबै अङ्गहरूलाई तहसनहस बनाई मुलुकमा भय र त्रासको वातावरण सृजना गरी मनपरितन्त्र चलाउने प्रतिगमनकारी, अधिनायकवादीहरू र संविधानको रक्षा गर्न चाहने, स्थायित्व, शान्ति र विकासको पैरवी गर्ने प्रजातन्त्रको आधारमा विकास अगाडी बढाउने शक्तिहरू बिचको जनमत सङ्ग्रह हो ।’ उनीहरूले भनेका छन् ।  उद्यमशीलताको विकास गर्दै रोजगारी सृजना गर्ने, आधारभूत स्वास्थ्य, शिक्षा र खानेपानी निःशुल्क गर्ने, गरिबी निवारण र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने लगायत विषयमा उनीहरूको साझा प्रतिबद्धता छ । उनीहरूले अथाह सम्भावना बोकेको गण्डकी प्रदेशको समग्र विकासका लागि तराई पहाड र हिमाल छिचोल्ने सुविधा सम्पन्न यातायात पूर्वाधार निर्माण, प्रदेशलाई मुलुक कै व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, कृषिमा आधुनिकीकरण सहित व्यवसायीकरण गर्ने, ऊर्जामा जनताको लगानी वृद्धि गरी ऊर्जा निर्यात गर्ने, अत्याधुनिक र विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै चिकित्सा शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा प्रदेशको विकास गर्ने, उच्च उचाइ खेलमैदान निर्माण गर्ने उनीहरूको प्रतिबद्धता छ ।  पोखरा महानगरपालिकाबाट हरेक पालिकाका केन्द्रसम्म बाह्रै महिना सञ्चालन हुने सडकहरू निर्माण गर्ने, पालिकाका केन्द्रहरूलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने, महिला शिक्षा र रोजगारीमा जोड दिने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने र पिछडिएका वडामा विशेष योजनाहरू कार्यान्वयनमा ल्याउने उनीहरूले प्रण गरेका छन् । ‘यसलाई मुलुकको सबै भन्दा सम्पन्न, आत्मनिर्भर, उच्च निर्यात भएको, आधुनिक प्रविधियुक्त, लगानीमैत्री, समावेशी, प्रजातान्त्रिक र सबै धार्मिक क्षेत्र र मठ मन्दिरहरूमा योग साधना केन्द्र स्थापित गर्ने सङ्कल्पका साथ प्रतिबद्ध छौँ । साथै भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त र मानव विकास सूचकाङ्कमा नमुना प्रदेश बनाएर देखाउने बाचा गर्दछौँ ।’ गठबन्धनका उमेदवारहरुको साझा प्रतिद्धतामा भनिएको छ । उनीहरूले आफुहरु सन्तुलित एवं समन्यायिक विकासमा विश्वास गर्ने बताएका छन् । गरिबी, बेरोजगारी तथा सबै प्रकारका असमानता र विभेदको अन्त्य गर्ने लक्ष्य रहेको बताएका उनीहरूले समाजमा पछाडि परेका वर्ग समुदायलाई केन्द्रमा राखेर विकासको अभियान सञ्चालन गर्ने उनीहरूको प्रतिबद्धता छ । ‘आम जनता व्यक्ति केन्द्रित विकासको सुरुवात गर्न चाहन्छन्, राजनीतिक मात्र होइन आर्थिक क्रान्ति चाहन्छन् । त्यसैले हामी जनउत्तरदायी र बलियो सरकारमार्फत सेवामूलक सुशासन प्रदान गर्दै समृद्धितर्फको यात्रामा जुट्ने प्रतिबद्धता दोहो¥याउछांै । उनीहरूले भनेका छन्, ‘पाँच दलीय गठबन्धन सत्ता प्राप्तिको लागि नभई संविधानको रक्षा, जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको समावेशी संघीय प्रजातान्त्रिक (लोकतान्त्रिक) गणतन्त्रको सुदृढीकरण, समावेशी, सहभागितात्मक तथा सन्तुलित विकासप्रतिको जनचाहना पूरा गर्नका लागि हो ।’ गठबन्धनले स्थिर सरकार निर्माण गरी सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने उनीहरूको भनाई छ । गठबन्धनको महत्त्व र आवश्यकताप्रति इमानदारिता रहेको बताएका उनीहरूले मुलुक र गण्डकी प्रदेशको मुहार फेर्नमा परिवर्तनको अनुभूतिसँगै मतदाताहरूलाई निर्णायक भूमिका निर्वाह गर्न अपिल सहित त्यसमा आफूहरूले कुनै कमी कमजोरी हुन नदिने सार्वजनिक प्रतिबद्धता समेत जनाएका छन् ।  

  पोखरा:  कास्की क्षेत्र नम्बर २ का मतदाताहरुले डाडाँमा रेल होईन् घर छेवैको बाटो पिच गरिदिने प्रतिवद्ध गठबन्धनका नेतालाई भोट हाल्ने बताएका छन् । पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलोका क्रममा पोखरा १५ पुग्दा त्यहाँका जनताहरुले ठूला ठूला आश्वासन देखाउनुभन्दा स–साना समस्या समाधान गरिदिन पहल गरेका थिए ।  पोखरा १५ का मतदाता चन्द्रकिशोर गौतमले रेलको सपना देखाउन भन्दा पनि जतनाका स–साना समस्यामा साथ दिन आग्रह गरेका थिए । ‘पहिला पनि कुन रेल भने पानी जहाज भने ग्यासको पाईप भनेर भोट मागे ५ वर्षसम्म केही गरेनन्,’ उनले भने, ‘यो पटक नि मट्टिखानको डाडाँमा रेल भन्ने सुनेको छु त्यो हुँदै नहुने सपना किन बाड्ने? हामीलाई बाटो बनाईदिए भयो, पानी, पानी बिजुली, स्वास्थ्य, शिक्षा जस्ता विषयमा ध्यान दिए भईहाल्यो नि ।’ अन्य स्थानीय पनि त्यस्तै माग गरिहेका थिए । केही दिन अघि विपक्षी पार्टीको नेताको प्रतिबद्धतापत्रमा पर्यटन र संस्कृति शीर्षकमा कृस्ती, निर्मलपोखरी, भरतपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षणको रिजलाइन (डाँडामा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने बुँदा समेटिएको थियो । त्यही विषयलाई लिएर पोखरा १५ का स्थानीयलाई गठबन्धनका उम्मेदवारलाई प्रश्न गरेका थिए ।  उनीहरुको समस्या र मागमा गठबन्धनबाट कास्की २ मा उम्मेदवार बनेको श्रीनाथ बरालले आफूहरु जनतालाई सपना देखाउनभन्दा पनि काम गरेर देखाउन आएको बताए । गठबन्धनको प्रतिवद्धता पत्र देखाउँदै कुनै पनि पुरा नहुने विषय नरहेको स्पष्ट पारे । त्यसपछि धेरैले गठबन्धनका नेतालाई साथ दिने बताएका थिए ।  घरदैलौ कार्यक्रममा बरालले देलाई अप्ठ्यारो पर्ने बेलामा काँग्रेस र कम्युनिस्ट एकै ठाउँमा भएको बताए ।  गठबन्धनका उम्मेदवारहरुले जितेमा महिला र युवा केन्द्रित कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए । पोखराको बजारको सवारी चाप घटाउन बाईपास रोड बनाउने, नगर बसलाई ब्यवस्थित बनाउने, पछि परेको समुदाय र गरिबी सुकुम्बासीलाई माथि उठाउन छुट्टै ऐनको लागि पहल गर्ने उनको भनाई थियो ।   यस्तै कास्की १ (क) का उम्मेदवा विश्वप्रकाश लामिछाने संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताए । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने योजना रहेकोकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धनको सरकार बनेको समयमै नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उनले सम्झिए । निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने उनले बताए ।  कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापा सोमबार पोखरा ८ को घरदैलो थिए । उनले निर्वाचनमा  स्थानीयको सहभागिताले चुनावमा उत्साहित बनाएको बताए । मतदाताको सुझाव, समस्या र गुनासा सुनेपछि आफू निर्वाचित भएमा समाधान गर्ने प्रतिवद्धता जनाए । उनले निर्वाचनका समयमा मतदाता शिक्षा महत्वपूर्ण रहेकोेले धेरै मतदाताको पुगेर बुझाउन उनको आग्रह थियो । सुशासन, पारदर्शिता र भ्रष्टाचार मुक्त समाज मुख्य एजेण्डा भएको उनले सुनाए ।   

पोखरा:  कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् । उनले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको बताए । माछापुछ्रे गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल गर्यौँ, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं ।’ उनले अगाडी थपे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’ बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले बिताए । ‘ यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना शुरुआत गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्छ ।’ उनले भने । भौतिक निर्माण सँगै यहाँको कृषि र पर्यटनमा पनि गुणात्मक विकास गर्नु जरुरी हुने भएकोले आफुहरुको ध्यान त्यसतर्फ पनि समान रुपले गएको बताए । यसका साथै पहाडी र हिमाली क्षेत्रको पर्यावरण जोगाउने चुनौती पनि रहेको उनको भनाई थियो । निरन्तरको विकास मार्फत यहाँका जनताको जीवनस्तरमा परिवर्तन गर्नु बाहेक आफ्नो कुनै स्वार्थ नरहेकोले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।