गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

नवलपुर:  लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्गको नारायणगढ(बुटवल सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार, केही दिनयताको अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ। यसैगरी, दुम्कीबास–दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न सूचित गरेको छ। पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ। त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ(पोखरा(स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ। पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ। साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट(पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।  

पोखरा:  पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो ।  महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।    

पोखरा:   गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको भन्दै उनलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडाल रहेको संवैधानिक इजलासले बुधबार मनाङेको पद गएको गरिएको निर्णय सुनाएको हो। यससँगै गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा रहेका मनाङेको पद तत्काल प्रभावबाट खारेज भएको छ।

पोखरा:  गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध शनसनीपूर्ण जित हात पारेको छ ।  पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो ।  त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ ।  कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।  भोलि हुने खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए । भोलिको पहिलो खेल गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरका बीच हुनेछ ।  यस अघि आज भएको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो । निर्धारित २० ओभरमा पर्वतले ९ विकेट गुमाउँदै १३१ रन बनायो ।   टोलीका लागि अभिषेक थापाले ४० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५२ रन बनाए ।  अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए ।  नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान २–२ विकेट लिए भने अपराजित पौडेल, दीपक डुम्रे, र स्विकार श्रेष्ठले १–१ विकेट हात पारे ।  १३२ रनको लक्ष्य पछ्याउन ओर्लिएको नवलपुर १८.५ ओभरमा ११६ रनमै समेटियो । गौरव विष्टले २५ रन, स्विकार श्रेष्ठले १८ रन, र बिगत पाण्डेले १७ रन बनाए तापनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।  पर्वतका कप्तान अमृत गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए । राजु थापाले पनि ३.५ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिए भने बिनोद नेपालीले २ विकेट हात पारे । उत्कृष्ट बलिङ र कप्तानी प्रदर्शनका लागि अमृत गुरुङलाई प्लेयर अफ द म्याच घोषित गरियो ।  गोरखा विरुद्ध कास्कीको एकतर्फी दवदबा त्यस्तै सम्पन्न दोस्रो खेलमा म्पन्न खेलमा कास्कीले गोरखालाई एकतर्फी खेलमा १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९.५ ओभरमै सम्पूर्ण १० विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो ।  गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे ।  कास्कीका बलरहरू बीच सन्तुलित प्रदर्शन गर्दै सुबास भण्डारीले ३.५ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने सिब्रिन श्रेष्ठले २ विकेट तथा कृष्ण पौडेल र अर्जुन केसीले समान १–१ विकेट हात पारे ।  १ रन प्रति बलभन्दा कमको लक्ष्य पछ्याउन उत्रिएको कास्कीले गोरखाको बलिङलाई धज्जी उडाउँदै मात्र ८.४ ओभरमै ९४ रन बनाउँदै कुनै विकेट नगुमाई जित हात पा¥यो । अनिल गुरुङले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए   भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए । अनिलको तूफानी ब्याटिङ प्रदर्शनका लागि उनलाई खेलको ’प्लेयर अफ द म्याच’ बने ।  प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा  प्रतियोगिता ८ जिल्लाको सहभागिता रहेको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।  विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । .  

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको सुरु बिन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश बिन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयबासीको मानव अधिकारको उल्लङ्घन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूहबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफको कार्यमा सघाउन आयोगले सो प्रतिवेदन दिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो।  प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुुछापमा स्थानान्तरण गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ।साथै नेपाल सरकारले यस्ता आयोजाना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्व सुसूचित स्वतन्त्र सहमति लिन पनि सुझाव दिइएको छ।

काठमाडौं: नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।  बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो । बैठकमा नेता शास्त्रीको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उहाँले बताउनुभयो । विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका स्व. शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनुभएको थियो । स्व। शास्त्री जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत हुनुहुन्थ्यो । अर्घाखाँचीको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मनुभएका स्व। शास्त्री पटकपटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ । उहाँको निधनबाट कांग्रेसले एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले उल्लेख गर्नुभयो । कांग्रेसको सङ्गठन निर्माण र सुदृढीकरणमा पुर्‍याउनुभएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नुभएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।

काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु। दुई हजार २२५ मा कारोबार भइरहेको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लमजुङ:  पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गएरातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।

काठमाडौं:  हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।