प्रकाशकीयः सुनगाभाको स्वागत छ

पाेखरा | चैत २४, २०७८

प्रकाशकीयः  सुनगाभाको स्वागत छ

 

एक्काइसौं शताब्दीमा ‘सूचना नै ज्ञान र ज्ञान नै शक्ति’ भन्ने विश्वव्यापी मान्यता अनुरुप सूचनाको महत्वलाई थप उजागर गर्ने अभिभारा लिएर हामीले मिडिया उद्यमतर्फ पाइला चाल्ने सुर कसेका छौं । र, यस्तै परिस्थितिमा पनि भिजन गण्डकी नेटवर्क प्रलिद्वारा आजदेखि sungabhanews.com (सुनगाभान्यूज डटकम)को  सुरुवात भएको छ ।

 

वि. सं. १९५५ मा साहित्यिक पत्रिका ‘सूधासागर’बाट सुरु भएको नेपाली पत्रकारिताको विकासक्रमले प्रेसको आधारस्तम्भमात्र तयार पारेन निरंकुशतन्त्रविरुद्ध बिगुल फुक्ने काम पनि ग¥यो । त्यसपछिका विभिन्न कालखण्डमा नागरिकको मौलिक अधिकार र वाक् तथा प्रेस स्वतन्त्रताको स्थापनाखातिर भएका हरेक आन्दोलनमा प्रेसले जनता जगाउने काम गर्दै आएको तथ्य जगजाहेर छ । जहाँनिया, निर्दलीय, प्रजातन्त्रको पूनस्थापनापश्चात् हाल विश्वमै अब्बल मानिएको गणतान्त्रिक व्यवस्थामा नेपाली प्रेसले उत्तरदायी भूमिका निभाइरहेको छ ।

 

यसबीच सूनगाभाले खारिएको सुनजस्तै ‘तथ्यपरक’ खबरलाई पाठकसमक्ष पस्कने प्रण गरेको छ ।

 

छापा, रेडियो र टेलिभिजन हुँदै पछिल्लो समय सूचना प्रविधिमा अभ्यस्त हुन थालेको नेपाली प्रेसले पनि आफुलाई इन्टरनेटको वृहद् घेरामा होमिसकेको छ । नागरिकले सूचना आदानप्रदान गर्ने माध्यममा इन्टरनेटले ल्याएको परिवर्तनले अब पत्रकारितालाई पनि समयसापेक्ष शैलीमा चल्न बाध्य बनाएको छ ।

 

सोही अनुरुप सूचना उद्योगलाई बढी महत्व दिई अनलाइन मिडियाको सञ्चालनमा सुनगाभा न्यूज डटकम जुटेको छ । अनलाइन माध्यममा तथ्य र वस्तुनिष्ठतामात्र हैन भ्रामक सूचना र सनसनीपूर्ण खबर एवं अफवाह पनि उत्तिकै भेटिन्छन् । मिडिया साक्षरताको कमीले सूचना र समाचारको नाममा समाज भ्रमितसमेत भइरहेको छ ।

साथै, पटकपटकको आन्दोलन र बलिदानीबाट आर्जित लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको बोल्न पाउने अधिकारलाई समाचार बनाएर जिम्मेवार निकायसमक्ष पु¥याई त्यसको जवाफ पुनः नागरिक र समाजमा पु¥याउने दायित्व सुनगाभाको हुनेछ । देशभित्र रहेर पनि किनारामा रहेका आवाजविहीनको आवाज हाम्रो मुख्य समाचार हुनेछ भने सरकार र सम्बन्धित निकायप्रतिको खबरदारी हाम्रो मूलभूत सिद्धान्त हुनेछ ।

 

आगामी दिनमा मिडिया सञ्चालनका दौरान देखापर्ने जस्तोसुकै कठिन परिस्थितिमा पनि सुनगाभालाई फुलाइरहने दायित्वसँगै यथाशीघ्र अनलाइन टेलिभिजन र यूट्युब च्यानलमार्फत पलपलको सूचना सम्प्रेषणगर्ने योजनासाथ सुनगाभा अघि बढिरहेको छ । 

 

अन्त्यमा, ‘लेख्छ देशको खबर’ नाराकासाथ सञ्चालनमा आएको सुनगाभामा सबैलाई स्वागत छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्