गण्डकीका ४९ उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

१५ हजार जरिवाना तोक्ने आयोगको निर्णय

पाेखरा | साउन ९, २०८०

गण्डकीका ४९ उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

पोखरा:   गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका गण्डकी प्रदेशका ४९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् । 


आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलबार विज्ञिप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाच्न खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको जानकारी दिएका छन् । 


यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १हजार ३७ र प्रदेश सभातर्फका १ हजार३ सय ९८ गरेर जम्मा २ हजार ४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए । 


निर्वाचन आयोगका अनुसार गण्डकी प्रदेशमा प्रदेशसभातर्फ उमेदवार भएका  स्वतन्त्र उम्मेदवार ११ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १० जना, जनता समाजवादी पार्टी नेपालका ५ जना, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का ४ जना, नेकपा एमालेका ४ जना, हाम्रो नेपाली पार्टी ४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका नगरेका हुन् ।


यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीका ३ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २ जना, जनमत पार्टी, जनसहभागिता पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी )माओवादी समाजवादी), नेपाल सुशासन पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका १/१ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश नगरेको आयोगले जनाएको छ । 


प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ कति उम्मेदवारले निर्वाचन खर्च वितरण बुझाएन हेर्नुहोस्: 

पोखरा:  इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  &nbs...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ ।  संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...

थप पढ्नुहोस्

पोखरा:   नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ ।    संस्थाको २९ औं...

थप पढ्नुहोस्