महोत्तरीमा एनएमबी बैंकमा भएकाे लुटपाटकाे घटनामा संलग्न भारतीय युवक पक्राउ
महोत्तरी | साउन ११, २०८०
महोत्तरी: महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंकमा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ।
गएको जेठ १६ गते एनएमबी बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा भारत विहार मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन् ।
चाररपाँच जनाको समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटपाट गरेको थियो । साफीलाई बुधवार हिजो बेलुका मटिहानी नगरपालिका–८ नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनु भयो ।
लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

