पोखराको विजयपुर खोलामा फसेका ४ जनाको उद्धार

पाेखरा | साउन १४, २०८०

पोखराको विजयपुर खोलामा फसेका ४ जनाको उद्धार

पोखरा:   पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराती सकुशल उद्धार गरिएको छ ।  

 

नेपाल सशस्त्र प्रहरी बलको टोलीले गएराती २३ वर्षिय प्रेम  सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपालीको सकुशल उद्धार गरेको हो ।
 

उनीहरु रातीसाझास्थित निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेका थिए ।

 

त्यसपछि फोनसम्पर्कमार्फत उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई जानकारी दिएका थिए ।

 

त्यसलगत्तै सशत्र प्रहरीलाई खबर पुग्यो र  कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उनीहरुको सकुशल उद्वार गरेका थिए ।
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्