कास्कीमा आमाको नामबाट नागरिकता लिन २ जना प्रक्रियामा
कास्की | साउन १४, २०८०
कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् ।
नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ। यसअघि २०७५ सालमा ल्याएको विधेयक फिर्ता लिएको सरकारले हाल नयाँ विधेयक ल्याएको हो।
कास्कीबाट २ जनाले आमाको नामबाट नागरिकता लिन निवेदन दिएको र सम्बन्धित वडाबाट प्रमाणित कागजात र सिफारिश पेश गर्न निवेदकलाई जानकारी दिइसकेको कास्की प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
‘कार्यालयमा निवेदन आएपछि मैले आवश्यक कागजात पेश गर्न भनेको छु’ सहायक प्रजिअ क्षेत्रीले भने ‘सम्भवतः यही हप्ता उहाँहरुले विवरण पेश गरेपछि नागरिकता पाउनुहुनेछ ।’ यद्यपि अहिले यससम्बन्धी विधेयक बनेपनि पहिल्यैदेखि आमाको नामबाट नागरिकता दिइँदै आएको क्षेत्री बताउँछन् ।
संसदबाट यससम्बन्धी विधेयक पारित भएपछि २ जनाले सुरु गरेको प्रक्रिया कास्कीमा पहिलो नै भएको उनले जनाए ।
आमाको नामबाट नागरिकता लिन विधेयकमा ४ शर्त राखिएका छन् । जसमध्ये पहिलो पहिलो सर्त हो, नेपाली आमाबाट नेपालमै जन्मिएको हुनुपर्ने। दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्नेछ ।
त्यस्तै, तेस्रो, बाबुको पहिचान नभएको र चौथोमा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने। यस्तो स्वघोषणा नागरिकता लिने व्यक्ति वा उनकी आमाले गर्नुपर्ने हुन्छ। आमाको मृत्यु भएको रहेछ भने त्यसको प्रमाण ल्याएर नागरिकता लिने व्यक्ति आफैंले आफ्नो बाबुको पहिचान नभएको बेहोरा खुलाएर घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, कास्की प्रशासनले नागरिकतासम्बन्धी नयाँ सूचना निकालेको छ । सूचनामा नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशजको आधारमा नेपाली नागरिकता दिइने उल्लेख छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

