पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न

पाेखरा | साउन १४, २०८०

पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न

पोखरा:  पोखरामा  लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबार तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे । 

 

सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे । 

सुनारले व्यवसायीको हकहितका लागि विशेष मापडण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए । 

 

नेपाल सरकारले अहिले सुन आपुर्ती कम गर्दै आएको बताउदै उनले सो विषमा सरकारलाई ध्यानाकर्षण गर्नका लागि महासंघले पहल गरिरहेकोसमेत बताएका थिए । 

 

कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्ने समस्याको बारेमा सहजीकरण गर्दै कानुनी सहायताका विषयको बारेमा प्रशिक्षण दिएकी थिइन् ।

 

यस्तै सिए अमृत गदलले व्यवसाय मर्यादित  र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखा सम्बन्धि तालिम दिएका थिए । 

 

सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागि व्यवसायीहरुले बताएका थिए । सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनकाे सट्टा ५० ग्राम काँचो सुन  भन्सार छुटमा पाउने व्यवस्था गर्नका लागि महासंघलाई ध्यानाकर्षण गराएको थियो ।

 

कास्कीका अध्यक्ष राम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वर विकले गरेका थिए । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्