एनआरएनए जापानको कोषाध्यक्षमा दिपक सुनार निर्वाचित

पाेखरा | साउन १५, २०८०

एनआरएनए जापानको कोषाध्यक्षमा दिपक सुनार निर्वाचित

पोखरा:    एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन् । 


गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औं अधिवेशनमा निउरे अध्यक्षमा निर्वाचित भएका छन् । 


एनआरएनए जापानको उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भए । यस्तै महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी निर्वाचित भएकी छिन् । 


११ अधिवेशनबाट महासचिवमा  टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचित भए । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध चयन भएकी थिइन ।


यस्तै कोषाध्यक्षमा भने दिपक सुनार निर्वाति भएका छन् । उनी कार्यसमितिको निवर्तमान सह–कोषाध्यक्ष हुन् । यस्तै सह–कोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन । महिला सह कोषाध्यक्षमा अन्जुभण्डारी यस अघिनै निर्विरोध चयन भएकी थिइन ।


यस्तै महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् ।


सदस्यमा दिनेश लोहनी,कृष्ण प्रसाद कँडेल,नेत्र प्रसाद पाण्डे, धुव्र गौतम,रामु कँडेल,बिनय गुरुङ,ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् । 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्