कोशी प्रदेशमा अब सरकार कसको बन्ला ?

विराटनगर | साउन १६, २०८०

कोशी प्रदेशमा अब सरकार कसको बन्ला ?

विराटनगर:     कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।


आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनुहुनेछ । तर,बहुमत जुटाउन भने दलहरुलाई कठिन भइरहेको छ । 


राप्रपालाई फकाएर सरकार बनाउने प्रयास विफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने रणनीतिमा छ । तर, सभामुख गौतम भने मुख्यमन्त्रीको टुङ्गो नलागेसम्म तत्काल राजीनामा नगर्ने अडानमा हुनुहुन्छ ।


आज बेलुकासम्ममा बहुमतको सरकार गठन हुन नसके प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्नु हुनेछ ।  गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो ।


सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले आजसम्म नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । सभामुखबाहेक सत्ता गठबन्धनसँग ४६ सांसद छन् जुन बहुमतभन्दा एक मत कम हो । 

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...

थप पढ्नुहोस्

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

थप पढ्नुहोस्