स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको वडा ३३ मा वृक्षारोपण

पाेखरा | साउन १७, २०८०

स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको वडा ३३ मा वृक्षारोपण

पोखरा: लायन्स क्लब अफ चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा ३३ स्थित भविष्य निर्माण मा.विमा वृक्षारोपण एवं मोनिबेशन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।


सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षारोपण गर्नुभयो । सो अवसरमा बोल्दै ला. मोहन खड्काले शहरबाट नजिकै रहेतापनि शैक्षिक गुणस्तरमा एपं अन्य गतिविधिका लागि लायन्सले योगदान गर्दै आएको बताउनुभयो ।


त्यसैगरी ड्रिष्ट्रिक चिफ एडभाइजर बास्तोलाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा काम गर्दै आएको भन्दै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइराख्ने बताउनुभयो ।


त्यसैगरी पोखरा महानगरपालिका वडा नं ३३ का  वडाध्यक्ष दिपक सुवेदीले लायन्स क्लब अफ चौतारीले गर्दै आएको गतिविधिको प्रशंसा गर्नुभयो । यस अघि क्लबले शैक्षिक सामाग्री वितरण, सो विद्यालयमा अध्ययनरत भगवती खत्रीको गम्भीर रोगको उपचार लगायतका सहयोगहरु गर्दै आएको  क्लबका अध्यक्ष ऐरले बताउनुभयो ।

 

कार्यक्रममा मोटिबेस्नल स्पिकरका रुपमा रहनुभएका प्रतिभा उ.मा.विका प्राचार्य ला किरण सापकोटाले विद्यार्थीहरुले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नको लागि सर्भरसस्त सपना देख्नुपर्ने र सपना पूरा गर्न मेहेनत, हिम्मत र इमान्दारीता सँगै लिएर हिड्नुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी अर्का मोटिबेस्नल स्पिकर सृष्टि केसीले हरेक क्षेत्रमा मेहेनत, इमान्दारीता र दृढ इच्छा शक्तिका साथ काम गरेमा सफलताका हात पर्ने बताउँदै उहाँले एकले भन्दा एकजुट भएर काम गरेमा शक्ति प्रदान हुने उल्लेख गनुभयो । कार्यक्रममा दृष्टिबिहिन केसीको नृत्यले विद्यार्थीहरुले  मनोरञ्जन लिएका थिए ।


सो विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरु रहेको छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्सको माध्यमबाट गरिएको आँखा शिविरबाट यस अगाडि २१ जना विद्यार्थीलाई चस्मा सिफरिस भएको जानकारी दिनुभयो ।


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्