आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड
काठमाडाैं | साउन १८, २०८०
काठमाडौं: आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले काठमाडौं उपत्यकासहित देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । काठमाडौंको आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक झण्डै एक सय जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
काठमाडौं उपत्यकाका अरु अस्पतालसँगै विभिन्न जिल्लाका अस्पतालमा पनि बिरामीको भिड छ । पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलले बताउनुभयो । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । उहाँका अनुसार यो सरुवा रोग हो ।

सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न डाक्टरको सुझाव छ । आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या होइन ।
डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जचाएर मात्र औषधि प्रयोग गर्न वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलको आग्रह छ ।
आँखा पाक्ने रोगबाट बच्न धुवाँधुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चश्मा लगाउन, मन तातोपानीले बिहान बेलुका सफा गर्न र प्रशस्त मात्रामा पानी पिउन डाक्टरको सुझाव छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

