धम्की दिइ रकम सङ्कलन गर्ने पाँच जना जाेरपाटीबाट पक्राउ
काठमाडाैं | साउन १८, २०८०
काठमाण्डौ: काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नागरिकलाई डर, धम्की दिइ उच्छृङ्खल गतिविधि गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बौद्ध, जोरपाटीलगायतका ठाउँमा नागरिकलाई डरत्रास देखाएर गैरकानुनी रुपमा रकम सङ्कलन गर्नेजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोकका ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङ्गा–६, रामेछाप घर भएका २८ वर्षीय विक्की लामा ९बाफ्ले०, मेलम्ची–१०, सिन्धुपाल्चोकका ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोकका ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोकका ३५ वर्षीय प्रवीण तामाङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उनीहरुमाथि मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आज प्रहरी वृत्त बौद्ध, काठमाण्डौ पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

