भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगञ्जका छ जनाको ज्यान गयाे
नयाँ दिल्ली | साउन २१, २०८०
भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेको नेपालगञ्जका ६ जनाको ज्यान गएको छ ।
भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेको भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको ज्यान गएको छ । यस्तै, नेपालगञ्जको त्रिभुवनचोकका सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको दुर्घटनामा ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।
शनिवार हिजो बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा कार दुर्घटना भएको हो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

