जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको छैन: सिंखडा

पाेखरा | साउन २१, २०८०

जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको छैन: सिंखडा

पोखरा:  जनआन्दोलन घाइतेको लागि सेवा सुबिधा घटाईएको नघटाईएको सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दावी गरेकी छन् । बाहिर अन्य हल्ला फैलिएको फैलिएको भन्दै जनआन्दोलन घाइतेलाई निशुल्क स्वास्थ बिमा तथा उपचार कार्यक्रम प्रदेश सरकारले निरन्तरता दिएको कारण हल्लाको पछी नलाग्न सुझाव दिइन । 

 

बाहिर जनआन्दोलन घाइतेले पाउने सेवा सुबिधा प्रदेश सरकार नदिएको हल्लाको भ्रममा नपर्न अनुरोध गरिन । 

 

राज्यद्वारा बेपत्ता योद्वा मजदुर नेता चमनलाल बराल २१ औं खोज सभालाई सम्बोधन गर्दै जिल्ला अस्पताल र प्रदेश सरकारको अधिनमा रहेका सबै अस्पतालमा उक्त सेवा सुविधा लिन सक्ने जानकारी दिइन । 

 

‘हामी बाच्ने पनि उछुट्टीएर बाँचेको हौं । कसरी बाँचीको थाहा छैन, उनले भनिन, पार्टी हिजो जसरी विभाजन भयो अब सबै केन्द्रित हुनुपर्छ बल्ल शहिदको सपना पुरा हुन्छ ।’ 

 

प्रचण्डलाई मात्र नभएर जनयुद्धमा होमिएका सबै नेताले जिम्मेवार हुनुपर्ने धारणा राख्दै जनयुद्धको नेतृत्व र कार्याकर्ता सबै एकै ठाउँमा हुनुपर्ने धारण राखिन । 

 

एउटा मन्त्रीले मात्र मन्त्रालय नभइ जनताको मन्त्रालय रहेको भन्दै जनता मन्त्रालयमा योजना माग्न गए मात्र मिलेर काम गर्न सकिने बताईन । 

 


चमनलाल बरालको छोरी संगिता बरालले राज्यको आफ्ना बाबुलाई बेपत्ता बनाएको बताईन । राज्यले चमनलाललाइ लगेर के गर्ये कहाँ लग्यो अहिले कहाँ छन् त्यो परिवारले जानकारी पाउनुपर्ने बताईन ।  चमालाल जस्ता हजारौं अन्यमा परेको उनले सुनाईन ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्