माओवादीले ३ महिने अभियान चलाउने
काठमाडाैं | साउन २१, २०८०
काठमाडौं: नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले ‘जनतासँग माओवादी’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्षले प्रस्ताव गरेको ‘जनतामा माओवादी’, ‘जनतासँग माओवादी’, ‘विशेष रुपान्तरणका लागि तीन महिने अभियान सर्वसम्मतले पारित भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एउटा अभियान अध्यक्षले राख्नुभएको प्रस्ताव सर्वसम्मतले पास भयो।जनतामा माओवादी, जनतासँग माओवादी विशेष रुपान्तरणका लागि तीन महिने अभियान।भाद्र १६ गत त्यो अनुसार अभियानमा जनताको घर–घरमा जाने, आठौं राष्ट्रिय महाधिवेशन लगायतका अभियान ।”
उहाँले यसका लागि दस्तावेज तयार एवम् कार्य विभाजन भएको बताउनुभयो।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

