जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर
पाेखरा | साउन २५, २०८०
फाइल तस्बिर
पोखराः पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
इन्सटिच्युटका सञ्चालक किसानले सुनारले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । उनका अनुसार जापानमा नेपाली विद्यार्थीहरुलाई जापनिज भाषा अध्ययन तथा नर्सिङ केयर गिभरमा अध्ययनका लागी विद्यार्थीहरुलाई एक जना बराबर ३० लाखको छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिए ।
सञ्चालक सुनारका अनुसार इन्टरनेशनल जापान स्थीत जापनीज स्कुल तथा कलेज, इसिन नागाओका जापनीज ल्याङगोज स्कुल र टोवामा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् ।
विगत छवर्षदेखि जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सच्यिुटले यस वर्ष नर्सिङ केयर गिभरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३० लाख बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

छात्रवृत्ति प्राप्त गर्नका लागि १२ कक्षा उतिर्ण हुनुपर्ने, जापनिज भाषा तथा संस्कृतिकमा एन फाइभ लेबलको भाषा पास हुनुपर्ने र महिलाहरुलाई बढी प्राथमिकता दिएको इन्सटिच्युटले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्न पोखरा पृथ्वीचोक स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर विद्यार्थीहरुले आवेदन दिन सकिने जानकारी दिएको छ ।
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

