राष्ट्रिय सभामा दलीय आधारमा धारणा राख्दै सांसदहरू

काठमाडाैं | साउन २६, २०८०

राष्ट्रिय सभामा दलीय आधारमा धारणा राख्दै सांसदहरू फाइल तस्बिर

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राखेका छन्।

 

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिएका हुन्। सुरूमा गंगाकुमारी बेल्वासे बोलेकी छन्। उनले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्न आग्रह गरेकी छन्।

 

‘सरकारमा हुँदा विघटन गर्ने, विपक्षमा हुँदा अवरोध गर्ने के तरिका हो योरु,’ माओवादीकी सांसद बेल्वासेले एमालेतर्फ लक्षित गर्दै भनिन्। नेकपा एमालेका सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा बैठक पनि पटकपटक अवरोध गर्दै आएका थिए। एमाले सांसद भगवती न्यौपानेले सदन अवरोधबारे विभिन्न ढंगले कुरा उठ्ने गरेको बताइन्।

 

‘विगतमा कुर्सी उचालेको इतिहास पनि देखिएकै हो, हामी त्यो ढंगले प्रस्तुत भएको छैन,’ उनले भनिन्, ‘कहिले राष्ट्रियतामाथि धावा बोलिँदै गर्दा त्यसका विरूद्ध सदन अवरोध गरियो, कानूनमाथि धावा बोल्दा आवाज उठाइएको छ। हाम्रा आवाज बेवास्ता गर्दा बाध्य भएर सदन अवरूद्ध गरिन्छ। यो रमाइलोका निम्ति गरिरहेको छैन, रहरका लागि पनि अवरोध गरेको होइन।’

 

उनले देशलाई तस्करीको अखडा बनाउन नहुने बताइन्। विभिन्न प्रकरणमा सरकारका मन्त्रीहरू संलग्न छन् भन्ने कुरा आइरहेको पनि उनले बताइन्। ‘प्रश्नहरूका चाङमा मन्त्रीहरू उभिइरहनुभएको छ,’ उनले भनिन्। 

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्