विमलाको सम्झनामा फुटसल प्रतियोगिता, तयारी तिब्र
पाेखरा | साउन ३१, २०८०
पोखरा: तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा हुन लागेको प्रथम अन्तर तमु समाज सिक्स ए साइड फुटसल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
‘स्वास्थ्य नै जिवन हो, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित स्व. विमला गुरुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक मनोज कुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रथम विमला स्मृति अन्तर समाज सिक्स ए साइड फुटसल प्रतियोगिता आगामी भदौ ६ र ७ गते हस्पिटलचोकस्थित पैयुम फुटसल मैदान सञ्चालन हुनेछ ।
सो प्रतियोगिता गुरुङ सममाजबीचको सद्भाव कायम गर्ने उद्देश्यसहित स्वं विमला गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३५ हजार हात पार्नेछ ।
यस्तै प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु २ हजार ५ सयसहित ट्रफि प्रदान गरिने अनुपम गुरुङले बताए ।
उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

