विमलाको सम्झनामा फुटसल प्रतियोगिता, तयारी तिब्र

पाेखरा | साउन ३१, २०८०

विमलाको सम्झनामा फुटसल प्रतियोगिता, तयारी तिब्र

पोखरा:   तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा हुन लागेको प्रथम अन्तर तमु समाज सिक्स ए साइड फुटसल प्रतियोगिताको तयारी तिब्र पारिएको छ  ।

 

‘स्वास्थ्य नै जिवन हो, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित स्व. विमला गुरुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक मनोज कुमार गुरुङले जानकारी दिए । 

 

उनका अनुसार प्रथम विमला स्मृति अन्तर समाज सिक्स ए साइड फुटसल प्रतियोगिता आगामी भदौ ६ र ७ गते हस्पिटलचोकस्थित  पैयुम फुटसल मैदान सञ्चालन हुनेछ ।

 

सो प्रतियोगिता गुरुङ सममाजबीचको सद्भाव कायम गर्ने उद्देश्यसहित स्वं विमला गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।

 

उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३५ हजार हात पार्नेछ । 

 

यस्तै प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु २ हजार ५ सयसहित ट्रफि प्रदान गरिने अनुपम गुरुङले बताए ।

 

उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि  दर्ता शुल्क  नगद रु ५ हजार निर्धारण गरिएको छ । 

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्