कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्ती मर्यो
कञ्चनपुर | साउन ३२, २०८०
फाइल तस्बिर
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेको छ ।
शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।
राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ मेहताले भन्नुभयो ।
उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । ुयस सम्बन्धमा थप अनुसन्धान भइरहेको छु, उहाँले भन्नुभयो, ुविधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

