बुहारीलाई कुटपिट गर्ने ससुरा पक्राउ

बर्दिया | साउन ३२, २०८०

बुहारीलाई कुटपिट गर्ने ससुरा पक्राउ

बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् । आज बिहान  सार्वजनिक स्थल सडकमा बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 


सोही आधारमा घटना यथार्थ भएको पाएपछि नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्याएका थिए । बुहारीलाइ  हात र लात्ती

बेहोस हुनेगरी कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो ।  


कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिला माथी पनि आक्रमणको प्रयास गरेका थिए  थिए । 


प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् । यस अघिपनि मदिरा पिएर कुटपिट गरेक प्रमिलाले बताइन् । उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो ।


 इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले मदिरा पिएर बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका खुलासा भएको बताए । 

मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...

थप पढ्नुहोस्

काठमाडौं:   २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

थप पढ्नुहोस्