शरणार्थी आन्दोलनको दरिलो खम्बा ढल्यो !
काठमाडाैं | असार ५, २०७९
पोखराः आफ्नो थातथलोबाट नेपालीभाषी लखेटिएपछि उनीहरुकै ताँतीमा मिसिएर झापाको बेलडाँगी आइपुगेका भुटानी डाक्टर भम्पा राईको आज बिहान पौने ३ बजे विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ ।
डाक्टर भम्पा ३० वर्षयता दमकमा बस्दै आएका थिए । नेपाल आएपछि भम्पा शरणार्थीहरुलाई देश फर्काउने आन्दोलनमा निरन्तर सक्रिय थिए ।
दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए।
भुटानको साम्चीमा जन्मे–हुर्केका र भुटानी राजपरिवारमा निकटको सम्बन्ध रहेका ७२ वर्षीय राईले सन् १९९१ को मेदेखि झापा जिल्लामा बसोबास थालेका हुन् ।
नेपाल फिर्तीको आन्दोलनका २ खम्बामध्ये एक टेकनाथ रिजालपछि अर्का यिनै भम्पा थिए ।
राई पेटसम्बन्धी रोगबाट पीडित थिए। तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उनी लामो समय थलिएका थिए। उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

