पोखरामै पहिलोपटक चरक मेमोरियलमा मुटुको सफल शल्यक्रिया
पाेखरा | भदौ १, २०८०

पोखरा: पोखरामै पहिलो पटक नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको छ ।
मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको टोलीले ४५ वर्षीय पुरुषको ओपन हर्ट सर्जरी सफलतापूर्वक गरिएको हो ।
पोखरा भलाम घर भएका विष्णु गौतमको एक हप्ता अगाडि चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको चरक मेमोरियलका प्रबन्धक निर्देशक कपिल पोखरेलले जानकारी दिए ।
उनका अनुसार करिब ३ करोडको लागतमा स्थायी रुपमै उपकरण जडान गरिएको छ ।
चरक मेमोरियलले सुरु गरेको यो कार्यलाई निरन्तरता दिनका लागि सन्देशमुलक काम गरेको उनले बताए । पोखरेलका अनुसार सरकारले प्रदान गर्दै आएको १ लाख सम्मको मुटुसम्बन्धि उपचार खर्च चरकमा पनि व्यवस्था रहेको छ ।
मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालका दक्ष जनशक्ति कम रहेको बताए । उनका अनुसार नेपालमै करिब २० देखि २५ जनाको ओपन हार्ट सर्जन रहेको उल्लेख गरे ।
उनका अनुसार पछिल्लो समय मुटुको शल्यक्रिया काठमाडौंको शहीद गंगालाल हृदय केन्द्र बाँसबारी, मनमोहन अस्पताल, चितवन, विराटनगर र धरानमा हुदै आएको छ । उक्त शल्लेक्रियाको लागत मुटु रोगको प्रकृति हेरेर लाग्ने बताए । डा. भट्टराईका अनुसार करिब १ लाखदेखि ६ लाखसम्म लाग्न सक्छ ।
भट्टराईले पोखरा अन्य क्षेत्रमा अघि रहेपनि मेडिकलको क्षेत्रमा केही पछि रहेको धारणा राखे । ‘पोखरा हरेक क्षेत्रमा अगाडि भएपनि मेडिकलको क्षेत्रमा पछाडि नै छ, त्यसैले चरकले नयाँ अभ्यास सुरुवात गरेको छ’, उनले भने, ‘काठमाडौंको सेवा सुविधा देशभर नै सुरुवात नगरे जनशक्तिले काम गर्न पाउँदैनन् ।’
डा. भट्टराईले ओपन हार्ट सर्जरी गर्न चुनौती रहेको सुनाए ।
‘मुटुको उपचारमा मेडिकल साइन्समा विभिन्न प्रकारका छन् । यो काम निकै चुनौतीपूर्ण छ । पोखरा घर भएका बिरामीको मुटुको सफल शल्यक्रिया गरिएको छ’, डा। भट्टराईले भने, ‘मुटुमा तीन वटा नसा हुन्छ, उहाँको दुईवटा नसा बन्द भएको थियो, हात र छातीको नसा राखेर पोखरामा ओपनर हार्ट सर्जरी गरिएको हो ।’
उनले उक्त कार्यलाई निरन्तरता दिन चरक मेमोरियलाई सुझावसमेत दिएका थिए ।
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...
पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं...