दोषी छुट्दैन निर्दाेष फस्दैन: गृहमन्त्री श्रेष्ठ (भिडियोसहित)

पाेखरा | भदौ २, २०८०

दोषी छुट्दैन निर्दाेष फस्दैन: गृहमन्त्री श्रेष्ठ (भिडियोसहित)

पोखरा:   उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकरणमा संलग्न दोषी नेतालाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

 

पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

उनले कुनै पार्टी विशेषको नेता जुन सुकै प्रकरणमा दोषी पुष्टि भए कारवाही हुने स्पष्ट पारे । 

 


 

गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धान महाशाखाले अहिले नक्कली भुटानी शरणार्थी,  ललिता निवास जग्गा र तस्करी सुन प्रकरणको अनुसान्धान गरिरहेको बताउदै राजनीतिक हस्तक्षेत्र नहुने उल्लेख गरे । 

 

‘अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा माओवादी परेपनि छुट्दैन, कोही कांग्रेस एमाले वा अन्य कुनै पार्टीको मतलब छैन । कुनै घराना, नाता र सम्बन्धको मतलब छैन, गृहमन्त्री श्रेष्ठले भने, ‘हामीलाई के मात्रै मतलब छ भने अनुसन्धान र तथ्य प्रमाणहरुको आधारमा दोषी देखिने नछुटोस् र निर्दाेष नफसोस् । यसरी सिआइबीले काम गरिरहेको छ ।’ 

 

उनले सबै प्रकरणमा दोषीसमक्ष छिटै अनुसन्धानको टोली पुगेर कानुनी कारवाहीको दायरामा ल्याउने उनले स्पष्ट पारे । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्